Logo
|
Monday 20th May 2024
Logo

epaper

‘सुदिप्त क्यान्सर सर्भाइभरसिप इभेन्ट’को सन्देस



नेपाल क्यान्सर अस्पतालमा भएको दोस्रो ‘सुदिप्त क्यान्सर सर्भाइभरसिप इभेन्ट’ मा करिब १७ जना विभिन्न क्यान्सरबाट विजयी भएका महिला र पुरुषले क्यान्सर जनचेतनामा खुलेर आफ्नो उपस्थिति देखाएका छन् । उनीहरुले यस प्रकारको कार्यक्रमबाट आफूहरुलाई आत्मवल बढेको बताए ।
स्तन क्यान्सरबाट बिजयी हाँसिल गरेकी साहित्यकार शान्ति शर्माले भन्नुभयो—‘क्यान्सरबाट बिजयी भएका जो कसैले पनि आफूलाई कमजोर ठान्नुहुँदैन ।’ ‘कसलाई कुन बेला क्यान्सर हुन्छ’ भन्न नसकिने बताउँदै उहाँले बेला बेलामा स्वास्थ्य परीक्षण गरेर संभावित क्यान्सरलाई शुरुको अवस्थामा पहिचान गरेमा स्तन क्यान्सरलाई पूर्ण रुपमा निको पार्न सकिने बताउनुभयो ।
सो इभेन्टकी संयोजक स्वरुपा श्रेष्ठले क्यान्सरबाट बिजयी हाँसिल गरेका व्यक्तिहरुलाई हुनसक्ने कन्फ्युजन न्युनिकरणका लागि हस्पिटलले हरेक महिना शुरु गरेको यस प्रकारको इभेन्टले महत्वपूपर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठले क्यान्सर उपचारका लागि वर्षेनी करोडौं रुपियाँ विदेशिएको भन्दै स्वदेशमा अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचार सेवा उपलब्ध भएको जानकारी दिनुभयो ।
प्रोष्टेट क्यान्सरबाट निधन भएका स्वर्गीय केशवमान अमात्यको स्मृतिमा क्यान्सर सपोर्ट ग्रुपले आयोजना गरेको सो इभेन्टमा स्तन क्यान्सरबाट बिजयी प्राप्त गरेका १० जना महिला र रक्तक्यान्सरबाट विजय पाएका ४ जनाले सक्रिय उपस्थिति देखाएका थिए । अन्य ३ जना अरु क्यान्सरबाट विजयी भएका व्यक्ति थिए ।

सो इभेन्टमा बल्खु, नक्खु, सात दोवाटो, सितापाइला, चागल, बसुन्धरा, तेहथुम, नवलपरासी, वुढानिलकण्ठ, कमलपोखरी, बालाजु, चावहील, मूलपानी, जुम्लाका क्यान्सर बिजयीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्