Logo
|
Saturday 4th May 2024
Logo

epaper

नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनसम्बन्धि तेस्रो सम्मेलन काठमाडौंमा, स्वदेशी र विदेशी ५८ कार्यपत्र प्रस्तुत (फोटो फिचरसहित)



नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनसम्बन्धि तेस्रो सम्मेलन काठमाडौंमा भएको छ ।

नोभेम्बर १६ र १७ गते दुई दिनसम्म काठमाडौंको थापाथलीस्थित कार्की व्याक्वेटमा भएको सो सम्मेलनमा स्वदेश र विदेश गरी ४ सय ५० जना क्रिटिकल केयरसम्बन्धि सेवा दिने चिकित्सक र नर्सहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपाल, भारत, श्रीलंका, कोरिया, थायल्याण्ड, वंगलादेश, क्यानडा र पाकिस्तानका १६, नेपालका २० क्रिटिकल केयर विशेषज्ञले क्रिटिकल केयरसम्बन्धि आ—आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

क्रिटिकल केयरमा नर्सिङ केयरको महत्वपूर्ण भूमिका रहने भएकाले क्रिटिकल केयर नर्सिङसम्बन्धि २२ वटा कार्यपत्र प्रस्तुत गरिएको छ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) का अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको प्रमुख आतिथ्यमा भएको सो सम्मेलनमा नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका अध्यक्ष डा. लव नरसिंह जोशीले यो सम्मेलनले क्रिटिकल केयर उपचारमा थप ज्ञान प्राप्त गरी क्रिटिकल बिरामीको उपचारमा थप मद्धत पुग्ने आशा व्यक्त गर्नुभयो ।

एसोसिएसनका महासचिव डा. प्रमेश सुन्दर श्रेष्ठले भन्नुभयो—‘दक्ष चिकित्सक र दक्ष नर्सिङ सेवाबाट क्रिटिकल केयरमा पुगेका बिरामीलाई बचाउन सकिने भएकाले यससम्बन्धि थप ज्ञान हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्