Logo
|
Saturday 27th April 2024
Logo

epaper

जनआन्दोलनका जिउँदा सहिद मुकेशको सफल शल्यक्रिया




जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थको शल्यक्रिया सोमबार सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल मेडिसिटी अस्पतालका डा.गोपालरमण शर्माको नेतृत्वमा डा.प्रकाश पौडेल लगायतको टोलीले ५ घण्टा लगाएर शल्यक्रिया गरेको पारिवारिक स्रोतले जनाएको छ । मुकेशलाई शल्यक्रियापछि सघन उपचार कक्षमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

मुकेश दोस्रो जनआन्दोलनका क्रममा २०६२ साल चैत्र २७ गते बनेपाको तीन डोबाटोमा प्रहरीको गोलीबाट घाइते हुनुभएको थियो । उहाँ त्यसैबेलादेखि अर्धचेत अवस्थामा हुनुहुन्छ । त्यतिबेला वीर अस्पतालमा पहिलो शल्यक्रिया गरी राखिएको टाउकोमा जम्मा भएको पानी पेट हुँदै बाहिर पठाउने पाइप (भिपिसन्ड) फेर्न उहाँलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

वीरमा शल्यक्रिया गर्दा आफू संलग्न भएको बताउँदै डा.शर्माले भन्नुभयो–‘सिटी स्क्यान हेर्दा दुई ठाउँमा पानी जमेको देखियो । अहिले बन्द भएको पहिलाको पाइप निकाली दुवैतिर राखी दुवै पाइपलाई एकै ठाउँमा जोडेर पानी तर्काउने व्यवस्था गरिएको छ ।’ उहाँले मुकेशलाई पुरानै अवस्थामा फर्काउन नसकिए पनि परिवारको सहयोगमा खाने तथा सामान्य प्रतिक्रिया दिन बनाउने प्रयासमा लागिरहेको जानकारी दिनुभयो । नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्