Logo
|
Wednesday 8th May 2024
Logo

epaper

बत्तीस वर्षमा दुई लाखको आँखाको शल्यक्रिया



नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार त्यस अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच तथा ३८४ जनाको शल्यक्रिया गरेको बर्माले जानकारी दिनुभयो । सो आँखा अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी आठ आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्