Logo
|
Saturday 4th May 2024
Logo

epaper

खुल्ला चउरमा उपचार सेवा



 जिल्ला अस्पताल हुम्लामा उपचार गर्न आउने बिरामीले खुल्ला चउरमा उपचार गर्दै आएका छन् । गाउँघरमा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसेकपछि जिल्ला अस्पताल आउने बिरामीले दुई दिनदेखि जिल्ला अस्पतालको खुल्ला चउरमा उपचार गर्दै आएका छन्

जिल्ला अस्पतालले बिरामीलाई चाँज गर्दै आएको एक कोठामा रङ्ग लगाउने कार्य भइरहेकाले बिरामीलाई गत शुक्रबारदेखि खुल्ला चउरमा सेवा दिँदै आएको जिल्ला अस्पतालका चिकित्सक टसी लामाले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयमा भवन भए तापनि प्रयोगमा नल्याएको हँुदा अन्य भवनमा सार्नु पर्ने झन्झटले केही दिनका लागि बिरामीलाई खुल्ला चउरमा उपचार गरिने उहाँको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालयमा दैनिक ३० देखि ४० बिरामी परीक्षण गर्न आउने गरेको उहाँले बताउनुभयो । दैनिक झाडापखाला, रुघाखोकीका बिरामी उपचार गर्न आउने गरेको डाक्टर लामाले बताउनुभयो । पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा औषधिको पनि अभाव देखिदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्