Logo
|
Monday 13th May 2024
Logo

epaper

कलेजो क्यान्सरबाट पूर्व प्रधानमन्त्रीको निधन



कलेजो क्यान्सरबाट पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको छ । क्यान्सरको उपचार गराइरहनुभएका मन्त्री गिरीको ३ पुष २०७५ मा बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको हो । उहाँ ९३ वर्षको हुनुहुन्थ्यो ।
सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गर्नुभएका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।
विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रुपमा काम गर्नुभएका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गर्नुभएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती सराह गिरीले जानकारी दिनुभयो । उहाँका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्