Logo
|
Tuesday 14th May 2024
Logo

epaper

प्रा.डा. देवकोटाको ६५ औं जन्मजयन्तीमा न्यूरोको विशेष कार्यक्रम (फोटोफिचरसहित)



वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको ६५ औं जन्मजयन्तीका अवसरमा काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड अलाइड साइन्सेस न्युरो हस्पिटलले रक्तदान तथा निःशुल्क ओपिडी सेवा प्रदान गरेको छ । सो अवसरमा ५ दर्जनभन्दा बढीले रक्तदान गरेका थिए । यसका साथै अस्पतालबाट प्रदान गरिने सम्पूर्ण इन्भेष्टिगेसन सेवामा २५ प्रतिशत छुट दिइएको थियो ।
६ महिनाअघि निधन हुनुभएका प्रा.डा. देवकोटाको जन्म २०१० साल पुस ४ गते गोर्खामा भएको थियो । सो अवसरमा उपस्थित महानुभावहरुले मुलुकको स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा प्रा.डा. देवकोटाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुर्याउनुभएको मत्वपूर्ण योगदानप्रति आ—आफ्ना भावनाहरु व्यक्त गर्नुभएको थियो ।
उहाँका बाल सखी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रा.डा. देवकोटाको जन्मजयन्ती समारोहमा उपस्थित भएर प्रा.डा. देवकोटाले मुलुकको न्युरो साइन्सको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उहाँले देखाएको मार्गदर्शन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । प्रा.डा देवकोटा र डा. बाबुराम भट्टराई कक्षा ५ देखि एसएलसीको जाँच सम्म सँगै अध्ययन गरेका उत्कृष्ठ छात्र हुनुहुन्थ्यो । उहाँहरुले अृमत साइन्स क्याम्पसमा पनि सँगै अध्ययन गर्नुभएको थियो ।

प्रा.डा. देवकोटाका जेठो दाइ वाचस्पति देवकोटाले भावविहल हिँदै भाइको जन्मजयन्ती मनाउँदा आफू निकै दुःखी भएको बताउनुभयो । प्रा.डा. देवकोटाका गुरु डा. दिनेश नाथ गोंगलले देवकोटा बिरामीको उपचारमा उत्कृष्ठ न्यूरो सर्जन भएको उल्लेख गर्नुभयो ।

प्रा.डा. देवकोटाकी धर्मपत्नी एवं न्यूरो हस्पिटलकी अध्यक्ष डा. मधु देवकोटाले प्रा.डा.देवकोटाले सिकाएका मार्गदर्शनमा अस्पतालका सम्पूर्ण चिकित्सक, नर्स एवं अस्पताल कर्मचारीहरु हिँडेको र उहाँको अनुपस्थितिमा अस्पतालमा बिरामीलाई प्रदान गरिने सेवामा कुनै कमी नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा, न्यूरो सर्जन डा. शिखर श्रेष्ठ, डा. प्रत्युश श्रेष्ठ,डा. सुरज थुलुङ, डा. सागर कोइरालालगायतले प्रा.डा. देवकोटासँग आफूहरुले न्यूरो सर्जरी अध्ययन गरेको र उहाँको सपनालाई पूरा गर्ने दायित्व आफ्नो काँधमा रहेको बताउनुभयो । कार्यक्रममा प्रा.डा. देवकोटाका छोरी बसुधा र मञ्जरीले बाबाको सम्झनामा कविता बाचन गर्नुका साथै रक्तदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्