Logo
|
Monday 6th May 2024
Logo

epaper

नेपाल मेडीसिटी र नबिल बैंक बिच सहकार्य गर्ने सम्झौता



ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी र नबिल बैंक बीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार अब नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल तथा नबिल बैंकका तर्फबाट रिटेल बिजनेस विभाग प्रमुख निरज शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौतासंगै अब नेपाल मेडिसिटी अस्पतालमा नबिल बैंकका सेवाग्राहीलाई विशेष सहुलियत प्राप्त हुनेछ भने यस बाहेक बैंकको स्वास्थ्य सचेतना कार्यक्रममा अस्पतालले सहकार्य गर्ने भएको छ ।
नेपालीहरुलाई उपचारका लागि विदेश जानु नपर्ने भावनालाई अभियानको रुपमा अघि सारेको नेपाल मेडिसिटी अस्पतालले नेपालको स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिक लगायतका संस्थाहरुसंगै सहकार्य गर्दै जाने योजना बनाएकोमा देशको ठुलो जनसंख्या समेटेको नबिल बैंकसँग अस्पतालले सहकार्य गरेको हो ।

नबिल बैकका तर्फबाट उपस्थित हुनुभएका शर्माले दीर्घकालीन ढंगले अस्पताल र बैंकले सहकार्य गरी स्वस्थ र समृद्ध नेपाली अभियानलाई सार्थक गर्न सकिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्