Logo
|
Monday 6th May 2024
Logo

epaper

मुलुकले सन् २०१८ मा गुमाएका उच्च पदस्थ ब्यक्तित्वहरु, कसलाई कुन रोग लागेको थियो ?



क्रमशः गायक हरिप्रसाद रिमाल, राजनीतिज्ञ तुलसी गिरी, डा. उपेन्द्र देवकोटा, वामपन्थी नेता पद्मरत्न तुलाधर, प्रकाशक हेमराज ज्ञवाली, सञ्चारकर्मी     दाहाल यज्ञनिधि, राजनीतिज्ञ चक्र बास्तोला र खुमबहादुर खड्का।

सन् २०१८ मा उच्च पदस्थ ब्यक्तित्वहरुले बिभिन्न रोगका कारण ज्यान गुमाएका छन् । बिभिन्न किसिमका प्राणघातक रोग लागेका कारण उपचारका क्रममा ज्यान गुमाउनु प¥यो ।
सन् २०१८मा पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, राजनीतिज्ञ, चिकित्सक, कलाकार, साहित्यकार, गायक र सञ्चार उद्यमीलाई मुलुकले गुमायो जसको भर्पाइ हुन असम्भव नै छ ।

सन् २०१८ मा ज्यान गुमाएका हाइप्रोफाइहरु

पूर्व प्रधानमन्त्री तुलसी गिरी

कलेजोसम्बन्धी रोगका कारण पुस ३ गते पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भयो । विसं २०३२ सालमा प्रधानमन्त्री भएका गिरी विसं २०१९ मा मन्त्रिपरिषद् अध्यक्ष भएका थिए । पञ्चायती व्यवस्थाका सूत्रधार मानिने गिरी विसं २०१५ सालका वी पी कोईराला जननिर्वाचित प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री थिए ।

पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरी


मङ्सिरमा पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको उच्च उक्तचाप र निमोनियाका कारण निधन भयो । उनी २०६४ सालमा प्रधान न्यायाधीश बनेका थिए । संसदीय सुनुवाइको सामना गर्ने पहिलो प्रधान न्यायाधीश उनी नै हुन्। ।

नेता चक्रप्रसाद बास्तोला/पूर्व मन्त्री खुमबहादुर खड्का


सन् २०१८ मा नेपाली काँग्रेसका दुई नेतालाई मुलुकले गुमाएका छन् । करीब छ वर्ष अघिदेखि अर्धचेत अवस्थामा रहेका काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको गएको असोजमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भयो । विसं २०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनेका थिए ।

मिर्गौला, छाती र नशासम्बन्धी रोगबाट पीडित नेपाली काँग्रेसका अर्का नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको चैतमा निधन भयो । पञ्चायती शासनको अवसान र प्रजातन्त्र स्थापनामा उनको महत्वपूर्ण योगदान छ ।
मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधर
कात्तिकमा मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो ।

न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा
यही वर्ष असारमा एशियाकै अब्बल न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भयो । पित्तथैली नलिको क्यान्सरबाट पीडित डा. देवकोटाको न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो । पूर्व स्वास्थ्यमन्त्री समेत भएका देवकोटा लामो समय बेलायतमा उपचार गरे पनि स्वास्थ्य अवस्था सुध्रिएन ।

एयर बङ्गलाका विमान दुर्घटनामा चितवनका वरिष्ठ न्युरो सर्जन डा. थापाको निधन भयो । बङ्गलादेशमा भएको चिकित्सासम्बन्धी गोष्ठीमा भाग लिएर नेपाल फर्कने क्रममा उनको निधन भएको थियो ।

साहित्यकार मनु ब्राजाकी

नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीको यही वर्ष निधन भयो । माघमा बाज्राकीको ब्रेन स्ट्रोकका कारण निधन भएको हो । ब्राजाकीको सातवटा कथासङ्ग्रह र गजल सङ्ग्रहहरू प्रकाशित छन् ।

हेमराज ज्ञवाली 


व्यावसायिक पत्रकारिताका अगुवा हेमराज ज्ञवालीको निधन ७९ वर्षको उमेरमा असोजमा भयो । उनी कान्तिपुर दैनिक र नेपाल रिपब्लिक मिडियाका संस्थापक थिए ।

यज्ञनिधि दाहाल
साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको  मिर्गौला सम्बन्धी रोगबाट साउनमा निधन भयो । विसं २०५७ सालमा दाहालको मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको थियो ।स्रोतः अन्नपुर्णपोष्टबाट

 

प्रतिक्रिया दिनुहोस्