Logo
|
Sunday 19th May 2024
Logo

epaper

राष्ट्रिय योग दिवसमा पुरस्कार वितरण



नेपाल आयुर्वेद विद्यार्थी समाजद्वारा  राष्ट्रिय योग दिवस  को अवसरमा आयोजित राष्ट्रिय नारा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।
चौथो राष्ट्रिय योग दिवसको अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित कार्यक्रममार्फत प्रथम, दोश्रो एंव तेस्रो स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई प्रमाणपत्र, नगद पुरस्कार एंव मायाको चिनो प्रदान गरिएको हो । नारा प्रतियोगितामा प्रथम हुन सफल एलिजा दाहाल, दोस्रो हन सफल जेनिशा सापकोटा तथा तेस्रो हुन सफल ज्योति ढकाललाई माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री डा. सुरेन्द्र कुमार यादव तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायको हातबाट प्रमाणपत्र एंव पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको पुरस्कार स्वरूप प्रथम पुरस्कार नगद रु. २५००, द्वितीय पुरस्कार रु. १५०० र तृतीय पुरस्कार रु. १००० प्रदान गरिएको छ ।
देशभरका आयुर्वेद कलेजहरु तथा भारतका थुप्रै स्थानबाट प्राप्त भएका कुल ७२ वटा नाराहरू मध्ये निर्णायक मण्डलको नतिजाको आधारमा उत्कृष्ट नारालाई पुरस्कार वितरण गरिएको समाजका कोषाध्यक्ष नरेश इटनीले जानकारी दिनुभयो। प्रतियोगिताको निर्णायक मण्डलमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय; नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान केन्द्रिय आयुर्वेद विद्यापीठका पूर्व क्याम्पसप्रमुख डा. श्याममणि अधिकारी; डा. काशीराज शर्मा सुवेदी तथा पतंजली आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्रका प्राचार्य प्रा.डा. रामचन्द्र अधिकारी हुनुहुन्थ्यो ।
विसं २०५३ मा स्थापित नेपाल आयुर्वेद विद्यार्थी समाजद्वारा विद्यार्थीहरूको लागी विभिन्न सेमिनार, प्रतियोगिता र कार्यशालाहरू आयोजना हुँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्