Logo
|
Wednesday 8th May 2024
Logo

epaper

आठ हजार व्यक्तिको आँखा जाँच



खाँदबारी नगरपालिकामा आयोजित निःशुल्क आँखा तथा कान जाँच शिविरमा आठ हजार पाँच सयभन्दा बढी व्यक्तिले सेवा लिएका छन् ।

खाँदबारी नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको संयुक्त आयोजनामा भएको सो शिविरमा नगर क्षेत्रभित्रका ३८ विद्यालयका सात हजार विद्यार्थी तथा एक हजार पाँय सय बढी स्थानीयवासीले आँखा र कान जाँच गराएका थिए । पन्चानब्बे जनामा मोतियाविन्दु भेटिएको छ भने ३०० विद्यार्थीको पुनः आँखा जाँच गर्नुपर्ने देखिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले जानकारी दिनुभयो ।

“उनीहरुलाई खाँदबारी अस्पतालका लागि सिफारिश गरिएको छ,” उहाँले भन्नुभयो । चालीस विद्यार्थी तथा ६० स्थानीयवासीको कानको जालीमा प्वाल परेको भेटिएको छ । मोतियाविन्दुका रोगीको शल्यक्रिया माघ २५ र २६ गते गरिने बरालले बताउनुभयो । शिविरमा ६०० जनलाई निःशुल्क चश्मा वितरण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्