Logo
|
Saturday 4th May 2024
Logo

epaper

स्टार हस्पिटल १३ औँ वर्षमा प्रवेश



ललितपुरको सानेपास्थित स्टार हस्पिटलले स्थपनाकालको १३ औँ वार्षिकोत्सक भब्यताका साथ मनाएको छ । सो बार्षिकोत्सब कार्यक्रमको अवसरमा विगत १० वर्षदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा काशिराम लावति, रुद्र थापा मगर, नमिता श्रेष्ठ, शर्मीला श्रेष्ठ, उशा ढकाल, बिर बाहादुर श्रेष्ठ, जानुका बिष्ट, साबित्री रेग्मी, कमला बस्नेत, लक्ष्मी महर्जन, आशा लामा, बिष्णु थापा, राजु ढकाल, धन बाहादुर माझी, हरी बाहादुर खत्री र दुर्गा थिङ्ग हुनुहुन्छ ।

यसैगरी अस्पतालमा कार्यरत कृष्णा कुमारी श्रेष्ठ यस वर्षकी उत्कृष्ठ कर्मचारीबाट सम्मानित हुनुभएको छ । उहाँलाई अस्पतालका अध्यक्ष इन्जिनियर वसन्त चन्द्र मरहट्टाले सम्मान पत्रका साथै नगद प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुदैँ अस्पतालका अध्यक्ष मरहट्टाले बिरामीहरुलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्न स्टार अस्पताल सफल हुनमा अस्पतालका चिकित्सक एवं कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्