Logo
|
Friday 10th May 2024
Logo

epaper

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु



अस्पतालका मेडिकल सुपरिटेन्ट सुमित्रा गौतमका अनुसार कार्यक्रमको पहिलो दिन नै कमलामाई नगरपालिकाका १४ वडाका ३० देखि ७० वर्षका नागरिकलाई समावेश गरिएको छ । चालू आर्थिक वर्ष ०७५/०७६ को अन्त्यसम्ममा दुई हजारजनालाई यो सुविधा दिने डा. गौतमले बताइन् ।अति विपन्न, सीमांकृत, लोपोन्मुख, सशस्त्र द्वन्द्वका घाइते, सहिद तथा बेपत्ता परिवार, दलित तथा महिला स्वास्थ्य स्वयं सेविकालाई लक्षित गरी कार्यक्रम ल्याइएको प्रदेश ३ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले बताए ।उनले मुटु तथा रक्तनली, दीर्घ श्वासप्रश्वास, मधुमेह तथा क्यान्सरका बिरामीको समयमै पहिचान गर्ने र उपचारमा सहयोग गर्ने गरी कार्यक्रम ल्याइएको बताए । अस्वस्थकर खानपान, सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक निष्क्रियता, मदिरा सेवनलगायत कारणले दीर्घ रोगी बढेको र प्रदेश ३ मा यो  समस्या निरन्तर बढिरहेकाले कार्यक्रम सुरु गरेको उनको भनाइ छ ।धादिङ अस्पताल, हेटौँडा अस्पताल, सिन्धुली अस्पताल, चौतारा अस्पताल र भक्तपुर अस्पतालमा परीक्षणका रूपमा कार्यक्रम सुरु भइसकेको छ । यसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ५० लाख बजेट छुट्याएको छ । यही बजेटमध्ये सिन्धुली अस्पतालमा ४४ लाख पठाइसकेको मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले बताए ।

कसरी लिने सुविधा ?
कार्यक्रमअन्तर्गत स्वास्थ्य जाँच गर्न चाहेमा लक्षित समूहबाहेकले दुई हजार दुई सय रुपैयाँ खर्च गर्नुपर्नेछ । सो कार्यक्रमअन्तर्गतको परीक्षणमा १६ वटा जाँच गरिनेछ । उपचार सेवा लिन आउने नागरिक वडाध्यक्षको सिफारिस पत्रसहित निर्धारित अस्पतालमा जानुपर्छ । कार्यक्रमको उद्घाटन संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले गरे । सो अवसरमा गजुरेलले जंगफुड बेचेर बिरामी बढाउने र अस्पताल खोल्ने अभियानमा लाग्नुभन्दा स्वास्थ्यसम्बन्धी ज्ञान दिनु उपयुक्त हुने बताए । नयाँ पत्रीकाबाट

 

प्रतिक्रिया दिनुहोस्