Logo
|
Saturday 27th April 2024
Logo

epaper

मेसिनबाट सेनेटरी प्याड



 सदरमुकामस्थित त्रिभुवन आदर्श माविमा स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको छ । पुतलीबजार नगरपालिकाको सहयोगमा मेसिन राखिएको हो ।

नगरप्रमुख सीमा क्षत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार शेरचन र प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीलाई मेसिन हस्तान्तरण गरिन् ।

छात्राले महिनावारीका कारण विद्यालय छाड्ने समस्याको हल हुने बताउदै नगरप्रमुख क्षेत्रीले भेन्टीङ मेशिनको उचित प्रयोग गर्न

अनुरोध गरिन् । महिनावारी प्राकृतिक प्रक्रिया भएको र यो बेला छात्रा सुरक्षित र स्वछता रहनुपर्ने प्रमुख क्षेत्रीले बताइन् ।

शुभारम्भ कार्यक्रममा स्मार्ट लिभिङ टेक्नोजका कार्यकारी निर्देशक सुरेश सेजवालले भेन्टीङ मेशिन के हो र कसरी चल्छ भन्नेबारे जानकारी गराएका थिए । स्मार्टकार्डको माध्यमले मेशिनबाट सेनेटरी प्याड निकाल्न सकिने वताउदै सेजवालले सरकारी तथ्याङक अनुसार २० प्रतिशत छात्रा महिनावारीको समयमा विद्यालय छाडेर जानुपर्ने अवस्था अहिले पनि रहेको बताए ।

विद्यालय नगई घरमै बस्ने समस्याको अन्त्यका लागी मेशिन उपयुक्त साधन रहेको समेत दाबी उनले गरे । महिनावारीका कारण छात्रालाई दिउँसो एक्लै घर पठाउनु पर्दा पढाई विग्रनुको साथै जोखिम पनि उत्तिकै रहेको बताउदै प्रधानाध्यापक रेग्मीले विद्यालयले प्याड दिने व्यवस्था गरेको बताए ।

रेग्मीले यो मेशीन भित्रिएपछि छात्राहरूले सजिलै प्याड प्रयोग गर्नसक्ने बताए । महिनावारीका कारण पढाई छुटेको स्मरण गर्दै कक्षा १० की छात्रा झरना खडा अव यो समस्याको अन्त्य भएकोप्रति खुशि छिन । उनले विद्यालयले प्याड दिने गरे पनि माग्न लाज हुने गरेको वताउदै मेशिन आएपछि आफैले झिक्न पाउने अवस्थाले सजिलो बनाएको बताइन् ।

पुतलीबजार नगरपलिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा मेशिन प्रदान गरिएको हो । मेशिनको शुभारम्भसंगै कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनर ६ सय छात्रा लाभान्वित हुने विद्यालयले जनाएको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्