Logo
|
Friday 19th April 2024
Logo

epaper

पाठेघरको मुखको क्यान्सरः ह्युमन प्यापिलोमा भाइरस विरुद्ध खोप प्रभावकारी



ललितपुरको हरिसिद्धि स्थित नेपाल क्यान्सर हस्पिटलले स्तन, पाठेघर र थायराइड क्यान्सर सम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । क्यान्सर रोग सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उदेश्यले कार्यक्रम गरिएको आयोजकको भनाई छ ।
सन् २०१२ मा विभिन्न क्यान्सरबाट मृत्युहुनेको संख्या झण्डै ८ करोड २० लाख पुगेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।
नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सदिप श्रेष्ठले समयमा रोगको पहिचान र उपचार भएमा क्यान्सरलाई जित्न सकिने र पुनः सामान्य जीवनयापन गर्न सकिने बताउनुभयो ।
समाजमा क्यान्सरलाई निको नहुने रोगको रुपमा लिने गरिन्छ । तर क्यान्सर एक सामान्य रोग हो । नियमित स्वास्थ्यजाँच गराएमा यस रोगबाट बच्न सकिने र समयमा नै सचेत हुनुपर्ने उहाँको भनाई छ ।

कम उमेरमा यौन सम्पर्क गर्ने महिललाई पाठेघरको मुखको क्यान्सरः
नेपालको सन्दर्भमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको छ । महिलाको स्वास्थ्यलाई न्युन प्राथामिकता दिने, समयमा उपचार गरे निको हुन्छ भन्ने थाहा नहुने, अज्ञानता तथा ग्रामिण भेगमा उपचारको पहुँच नपुग्नाले दिन प्रतिदिन बिरामीको संख्या बढिरहेको चिकित्सहरुको भनाइ छ ।
नेपाल क्यान्सर अस्पतालकी गाइनोलोजिष्ट्र डा. सन्जु श्रेष्ठका अनुसार पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइसको संक्रमणले गराउँछ । उहाँका अनुसार कम उमेरमा यौन सम्पर्क गर्ने, धेरै सन्तान जन्माउने, रोगसँग लड्ने क्षमता कमजोर भएका महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढि हुने गर्दछ ।
डा.श्रेष्ठ भन्नुहुन्छ –‘ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । संसारभरिनै यो खोप आधिकारिक रुपमा उपलब्ध छ ।’ ९ देखि २६ बर्षका महिलाले ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप लगाउदाँ बढि प्रभावकारी हुने उहाँले बताउनुभयो । खोप लगाएमा ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ ।

४० प्रतिशत महिलाको स्तन बचाएर शल्यक्रिया
महिलाहरुमा हुने क्यान्सर मध्य स्तन क्यान्सर दोस्रो क्यान्सर मानिन्छ ।नेपालको सन्दर्भमा स्तन क्यान्सर ३० देखि ३५ बर्षको उमेर समुहका महिलामा बढि पाइएको छ । स्तनमा आएको परिर्वतन र गिर्खा सबै स्तन क्यान्सर नहुने चिकित्सकको भनाई छ । स्तनमा देखिएको २० प्रतिशत गिर्खामात्रै क्यान्सर हुने चिकित्सकले बताएका छन् ।
नियमित स्वास्थ्य जाँच, क्लिनिकल परिक्षण र मेमोग्राम गरेर स्तन क्यान्सर भए नभएको थाहा पाउन सकिन्छ ।
समयमा रोगको पहिचान गरि शल्यक्रिया गरेमा स्तन क्यान्सर पुर्ण रुपमा निको हुनसक्छ । डा. श्रेष्ठका अनुसार ४० प्रतिशत महिलाको स्तन बचाएर शल्यक्रिया गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्