Logo
|
Sunday 5th May 2024
Logo

epaper

स्वास्थ्य चौकीको एम्बुलेन्स तीन वर्षदेखि सदरमुकाममै



जिल्लाको बडिमालिका नगरपालिका २ जुगाडा स्वास्थ्य चौकीको नाममा रहेको एम्बुलेन्स तीन वर्षदेखि जिल्ला सदुमुकाम मार्तडीमै थन्किएको छ ।

२०७४ सालमा भारतीय राजदुताबासको सहयोगमा जुगाडा स्वास्थ्य चौकीलाई भारतीय गणतन्त्र दिवसको अवसर प्रदान गरिएको एम्बुलेन्स केही समय मात्र सञ्चालन भएको थियो ।

एम्बुलेन्सको व्यवस्थापन राम्रो नभएको कारण सञ्चालनमा ल्याउन नसकिएको बडीमालिका नगरपालिका २ का वडाअध्यक्ष डम्मर महतले बताए ।

जुगाडा स्वास्थ्य चौकीका अध्यक्षसमेत रहेका महत्तका अनुसार एम्बुलेन्स सञ्चालन समिति छुट्टै रहेपनि उक्त समितिले एम्बुलेन्स किन सञ्चालन भएन बारे केही खवर नगरेको बताए ।

नगरपालिकाले प्रत्येक वर्ष एम्बुलेन्सको लागि दुई लाख रुपैयाँ बजेट बिनियोजन गरेपनि एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष महतले बताए । साथै, उक्त रकम कहाँ खर्च भयो आफु बेखवर भएको उनी बताउँछन् ।

स्वास्थ्य चौकीमा एम्बुलेन्स भएरपनि बिरामीहरुलाई स्टेचरमा बोकेर अथवा चर्को भाडा तिरेर जिपमा जिल्ला सदरमुकाम र अछामको बयालपाट हस्पिटल पुगाउनु पर्ने स्थिती रहेको  स्थानीय परे बिकले बताए  ।

एम्बुलेन्स सञ्चालन समितिका अध्यक्ष गोपाल कार्कीले ड्राईभर नभएका कारण एम्बुलेन्स थन्कीएको बताए । बिरामी कम आउनु इमेर्जन्सी अक्सीजन दिनु पर्ने खालका बिरामी मात्र आउने र आएका बिरामीहरुले एम्बुलेन्स प्रयोग गरेबापतको रकम नदिने हुँदा सञ्चालनमा समस्या भएको बताए ।  नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्