Logo
|
Sunday 5th May 2024
Logo

epaper

सेनेटरी प्याडको व्यवस्थापछि महिनावारी भएकाे बेला पनि छात्रा विद्यालय आउन थाले



लमजुङको एक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्रा नियमित कक्षा कोठामा उपस्थित हुन थालेका छन् । महिनावारी भएका बेला छात्रा विद्यालय आउन नसक्दा उनीहरुको पढाइ प्रभावित बनेपछि सेनेटरी प्याडको व्यवस्था गरिएको हो । मर्स्याङदी गाउँपालिका ५ घेर्मुमा रहेको गंगामिलन माविमा सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई महिनावारी भएको अवस्थामा पनि पढ्नका लागि सजिलो भएको छ ।

विद्यालयमा सेनेटरी प्याड राखिएपछि रजस्वला हुँदा कक्षा छाड्नुपर्ने समस्या हटेको गंगामिलन माविको कक्षा ९ मा अध्ययनरत छात्रा मनिता गुरुङले बताइन् । ‘महिनामा तीन–चार दिनसम्म कक्षा छुट्दा पढाइमा समस्या थियो ’गुरुङले भनीन् , ‘अहिले छात्रालाई धेरै सजिलो भएको छ ।’ विद्यालयमा महिनावारी भएको अवस्थामा छात्राले महिला शिक्षकसँग सम्पर्क गरेर सेनेटरी प्याड लिने व्यवस्था मिलाइएसँगै उनीहरुले लाज नमानी शिक्षकसँग सेनेटरी प्याड माग्ने गरेको गंगामिलन माविकी शिक्षक सुजना खतिवडा बताउँछिन् ।

आरसिडीसी हरियो बन कार्यक्रमले विद्यालयमा १ सय ५० प्याक  सेनेटरी प्याडको व्यावस्था गरेको हो । यसबाट १ सय ३० भन्दा बढी छात्रा लाभान्वित भएका छन् ।महिनावारी भएपछि साथीले जिस्काउने, घृणा गर्ने र अप्ठ्यारो महसुस हुँदा कक्षा कोठामा बस्न नसक्ने अवस्था भएपछि विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिदिन छात्राले माग गरेका थिए ।

विद्यालयमा महिनावारी भएको अवस्थामा छात्राले महिला शिक्षकसँग सम्पर्क गरेर सेनेटरी प्याड लिने व्यवस्था मिलाइएको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष लेखमान गुरुङले बताए । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्