Logo
|
Sunday 5th May 2024
Logo

epaper

धरानमा डेंगुका १२ बिरामी



नियन्त्रण गर्न उपमहानगरले अभियान चलाउने

धरान क्षेत्रमा पछिल्लो दुई सातामा १२ जनामा डेंगु देखिएको छ । १२ मध्ये तीनजना बालबालिका रहेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

डेंगु देखिएपछि धरान उपमहानगरपालिकाले नियन्त्रण अभियान सुरु गरेको छ । डेंगु फैलन नदिन गम्भीर रूपमा अध्ययन अनुसन्धान गर्न प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी हेल्थ मेडिसिन विभागसँगको सहकार्यमा नियन्त्रण अभियान थालिएको उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले बताइन् ।

प्रतिष्ठानमा बिरामी बढेपछि उपमहानरपालिकाले पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिन विभागका चिकित्सकहरूलाई मंगलबार बोलाएर छलफल गरेको थियो ।

१३ र १५ वडामा धेरै बिरामी
उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले धरानका १५ र १३ वडामा डेंगुको प्रकोप फैलिएको जानकारी दिए । गत कात्तिकमा धरान १६ मा आठजनामा डेंगुको भाइरस भेटिएको थियो । डेंगु सार्ने मच्छर नियन्त्रण गर्न केमिकल ट्रिटमेन्ट र वातावरण सरसफाइमा जोड दिनुपर्ने उनले बताए । शाखाले केही दिनअघि डेंगु नियन्त्रण गर्न औषधिसमेत छरेको थियो । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्