Logo
|
Monday 6th May 2024
Logo

epaper

दाङमा सिकलसेल एनिमियाको औषधि छैन



दाङमा सिकलसेल एनिमियाको औषधि छैन

जातीय रोगको रुपमा रहेको सिकलसेल एनिमियाका बिरामीका लागि नियमित खाने औषधि दाङमा अभाव देखिएको छ । दुई महिनादेखि औषधि जिल्लामा छैन। पश्चिम नेपालका तराई क्षेत्रमा रहेका थारु जातीमा देखिएको बंशानुगत रोग सिकलसेल एनिमियाको उपचार गराइरहेको दाङका एक सय ६५ जना बिरामीले दुई महिनादेखि औषधि पाएका छैनन्।

दाङमा सिकलसेल एनिमियाको औषधि अभाव हुँदा बिरामी मारमा परेका छन्। दाङमा सिकलसेलको औषधिको व्यवस्थापन  र वितरणको जिम्मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले (साविक राप्ती उपक्षेत्रीय अस्पताल घोराही) गरेको छ।

विगत ५÷६ महिनादेखि नै सहज रुपमा औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियाका बिरामी जीतबहादुर चौधरीले बताए। ‘५÷६ महिना भयो, हामीले औषधि पाएका छैनौं, उनले भने, ‘दाङमा औषधि नपाउँदा अस्पतालबाट निशुल्क रुपमा पाइने औषधि लिन हजारै खर्च गरेर भारत जानुपर्ने बाध्यता रहेको छ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सिकलसेल एनिमियाका बिरामीलाई वर्षमा एकलाख बराबरको निःशुल्क औषधि वितरण हुँदै आएको छ। तर लामो समयदेखि औषधि नपाउँदा अहिले धेरै बिरामीले औषधि नखाएरै बसिरहेका छन्।

दैनिक खाइरहनुपर्ने औषधि नपाएपछि दुई महिनादेखि औषधि नखाएर दिन कटाएको सिकलसेल एनिमिया बिरामी रुपा चौधरीले बताइन्। औषधि नखादा हातखुट्टाका जोर्नी दुख्ने, शरीर दुख्ने हुँदा कुनै पनि काम गर्न नसकिने रुपको भनाई छ।

अहिले आफूले ‘फोलिकएसिड’ नियमित खाइरहेको भएपनि ‘हाइड्रिया’ औषधि खान नपाएको बताइन्। दाङ र नेपालगंजमा औषधि नपाईने भएपछि भारतको रुपैडिहाबाट औषधि ल्याएर खाने गरेको सिकलसेल पीडितले बताएका छन्। सरद चौधरीले ‘औषधिकै लागि दाङ र नेपालगंज गएको र नपाएपछि भरतपुगी औषधि ल्याएको बताए।

अहिले दाङमा ‘फोलिकएसिड’ भएपनि ‘हाईड्रिया’ नामक औषधि अभाप रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जिल्लामा दुई महिनादेखि सिकलसेल एनिमिया औषधिको अभाव भएको बताए। उनले दाङमा एक सय ६५ जनाले औषधि सेवन गरिरहेको बताए।

प्रतिष्ठानमा नेपालगंजबाट सिकलसेल एनिमियाको औषधि आउने भएपनि पछिल्लो समय औषधि नेपालगंजमा नै अभाब भएपछि दाङले पनि अभाव खेप्नु परेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए। ‘यहाँ नेपालगंजबाट औषधि आउँछ, तर नेपालगंज नै औषधि सकिएपछि दाङमा पनि औषधि अभाव छ, तर हामीले पहल गरिरहेका छौं, यो सरकारकै समस्या छ।’

यो औषधिको खरिद सरकारले मात्रै गर्ने भएकाले आफूहरुले चाहेर पनि औषधि ल्याउन नसकिएको प्याकुरेलको भनाई छ। दाङमा नियमित एकसय ३५ जनाले सिकलसेल एनिमियाको औषधि खाईरहेको भएपनि रोगीको एकीन पहिचान हुन नसकेको थारु स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष जीवराज चौधरीले बताए।

उनले दाङमा सिकलसेल एनिमियाको जाँचका लागि परीक्षण गर्ने मेसिन आवश्यक रहेको बताए।अहिले सिकलसेल ऐनिमिया जाँच गर्नका लागि नेपालगंज, काठमाडौलगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको भन्दै यो सेवा दाङमै उपलब्ध गराएमा जिल्लाभरका थारु समुदायको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए। दाङमा एकलाख ३७ हजार थारुको जनसंख्या छ। यसको १५ प्रतिशतमा सिकलसेल भएको हुनसक्ने यस अघिको अध्ययनले देखाएको थियो।अन्नपुर्णपोष्ट

प्रतिक्रिया दिनुहोस्