Logo
|
Saturday 4th May 2024
Logo

epaper

आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस



 मे २८ अर्थात् अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस। नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाइन्छ।

खानेपानीमन्त्री बिना मगरको उपस्थितिमा जमलमा रहेको एक होटलमा मंगलबार दिउँसो १ बजे कार्यक्रम हुँदैछ। नेपालको सुदूरपश्चिमका केही जिल्लामा अझै छाउपडी प्रथा कायमै रहँदा महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ ।

पानी, स्यानेटरी प्याडलगायतको सहज उपलब्धता नहुँदा, सरसफाइमा ध्यान दिनुपर्ने कुरामा ज्ञान नहुँदा महिनावारी स्वच्छतामा असर पुग्ने गरेको सरोकारवालाहरू बताउँछन्।

सन् २०१४ देखि हरेक वर्ष २८ मेका दिन अन्तर्राष्ट्रिय रूपमा मनाउन शुरु गरिएको यो दिवस नेपालमा २०१५ देखि मनाउन थालिएको हो। सरकारी तवरमा भने गत वर्षदेखि मनाइन थालिएको हो।

पहिलो पटक रजस्वला हुँदा यस्तो समस्या देखिन सक्छ

पहिलो पटक रजस्वला भएका किरोशीहरुमा योनीबाट रक्तश्राव हुन्छ । कोही किशोरीमा बढी रक्तश्राब हुन्छ भने कसैमा कम पनि हुनसक्छ । रजस्वला हुँदा महिलाहरुको तल्लो पटे तथा ढाड दुख्ने समयस्या हुन्छ । यस्तै रजस्वलाको समयमा अल्छिपना आउने, टाउको दुख्ने, रिङ्गाटा लाग्ने, खान मन नलाग्ने समस्याहरु आउँछ ।

कतिपय किशोरीहरुलाई रजस्वलाको समयमा मानसिक तनाव पनि हुनसकछ । यस्ता समस्याहरु धेरैजस्तो आफै ठीक हुन्छ । विशेषगरी पहिलो पटक रजस्वाला भएका किशोरीहरुमा रजस्वला सम्बन्धी ज्ञानको कमीले उनीहरुको मनस्थितिमा प्रभाव पार्ने गर्छ । रजस्वालको समयमा हुने सामाजिक तथा धार्मिक कुराले पहिलोपटक रजस्वला भएकी किशोरीमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले रजस्वला हुने उमेरमा पुगेकी किशोरीहरुलाई रजस्वलासम्बन्धि ज्ञान र परामर्श दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्