Logo
|
Monday 6th May 2024
Logo

epaper

हिल्सामा स्वास्थ्य शिविर



 

 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाले भारतीय पर्यटकको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली हुम्लाको हिल्सा नाकामा खटाएको छ । हुम्लाको हिल्सा हुँदै मानसरोबर जाने पर्यटकको चाप बढेसँगै स्वास्थ्य समस्या न्यूनीकरण गर्न अस्पतालले चिकित्सक टोली खटाएको हो ।

हाई अल्टिच्युडले पर्यटकहरू बिरामी पर्नसक्ने भन्दै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा टोली हिल्सा पठाइएको हो । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले मानसरोवर जाने पर्यटक बाटोमा बिरामी पर्ने क्रम बढेका कारण शिविर सञ्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार पर्यटक बीच बाटोमा बिरामी पर्दा उनीहरूको ज्यान खतरामा पर्ने गरेको छ । ‘प्रदेश सरकारको सहकार्यमा ४ महिनाको लागि अस्थायी शिविर सञ्चालन गर्न डाक्टर पठाएका हौं,’ उनले भने, ‘भारतीय तीर्थयात्री र स्थानीय बासिन्दा बिरामी परेमा चिकित्सक टोलीले उपचार गर्ने प्रवन्ध मिलाइएको छ ।’

विशेषज्ञ चिकित्सक डा. सूर्यमान लिम्बूका नेतृत्वमा डा. अभिजितमिश्र, स्टाफ नर्स सावित्री केसी र अहेब नन्द खत्रीको टोली हिल्सा गएको हो । उनीहरूले विरामीलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको कर्णाली स्वास्थ्य

विज्ञान प्रतिष्ठान, शिक्षणअस्पतालका मेडिकल डाक्रेक्टर डा. पुजन रोकायाले बताए ।

‘वर्षेनिदमका कारण पर्यटकको मृत्यु भएको खबर सुनिन्छ, योपटक चिकित्सक टोली पठाएर उपचारको व्यवस्था मिलाएको छौं,’ उनले भने, ‘जेठ १५ देखि असोज १५ सम्म ४ महिना टोलीले हिल्सामै बसेर पर्यटकको उपचार गर्नेछ ।’

पर्यटकको चाप र स्वास्थ्यलाई ख्याल गर्दै जनशक्ति बढाउन सकिने प्रतिष्ठानले जनाएको छ । आवश्यक औषधि, अक्सिजनलगायत उपकरण प्रदेश सरकारले उपलब्ध गराउनेछ । प्रतिष्ठानले कर्णालीका अधिकांश जिल्लामा विशेषज्ञ सेवा प्रदान गरिरहेको जनाएको छ । यो सिजनमा हिल्सा नाकाबाट दैनिक ३ देखि ४ सयसम्म तीर्थयात्री मानसरोवरका लागि जाने गर्छन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्