Logo
|
Tuesday 16th April 2024
Logo

epaper

सुदिप पाण्डेको बायोमेडिकल इन्जिनियररिङ करियर: सानो उमेर ठूलो जिम्मेवारी



सुदिप पाण्डे हिमालयन मेडिटेकमा बायोमेडिकल इन्जिनियर हुनुहुन्छ । उहाँले ग्याँस्ट्रोलोजी, पल्मोनोलोजी र युरोलोजी विभागको जिम्मेवारी सम्हाल्नुभएको छ । उमेरले २३ वर्षका पाण्डे आफ्नो कामप्रति एकदमै लगनशील हुनुहुन्छ । जनस्वास्थ्य सरोकारको यस अंकमा पाण्डेको बायोमेडिकल इन्जिनियररिङ करियरलाई उहाँको आफ्नै भाषामा प्रस्तुत गरेका छौँ ।

मेरो करियर हिमालयन मेडिटेक (एचएमटी) बाट भएको हो । बायोमेडिकलको स्कोप राम्रो लाग्यो । बायोमेडिकल इन्जिनियर भएपछि नयाँ—नयाँ प्रविधिसँग खेल्न पाइने रहेछ । यो सम्पूर्ण अवसर मैले एचएमटीमा काम गरेपछि प्राप्त गरेँ । मेरो क्षमताको विकास र खारिने अवसर दिएकोमा एचएमटीप्रति कृतज्ञ छु ।

तथ्यमा आधारित उपचार सेवा प्रदान गर्न बायोमेडिकल इन्जिनियरिङको भूमिका महत्वपूर्ण हुन्छ । बायोमेडिकल इन्जिनियरको टेक्निकल सपोर्टले मात्र बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन डाक्टरहरुलाई मद्धत गर्छ ।

एस.एल.सी. पश्चात् प्लस टु मा साइन्स अध्ययन गरेँ । प्लस टु सकिएपछि परिवारको चाहना अनुसार मैले बायोमेडिकल इन्जिनियरिङ अध्ययन गरेको हो । परिवारको डाक्टर बनोस् भन्ने चाहना र आफ्नो इन्जिनियरिङ प्रतिको आकर्षण दुवैलाई हेरेर बायोमेडिकल इन्जिनियरिङ गरेको हो ।

इन्डोस्कोपिक अल्ट्रासाउन्ड के हो ?

पाचन प्रणालीमा क्यान्सरलगायतका विभिन्न समस्या पहिचान गर्न इन्डोस्कोपीक अल्ट्रासाउन्डको प्रयोग गरिन्छ । क्यामेराको माध्यमबाट गरिने यस प्रकारको अल्ट्रासाउन्डबाट क्यान्सरको चरण (पहिलो, दोस्रो, तेस्रो र चौथो) पत्ता लगाउन मद्धत गर्छ । यसका साथै सिस्ट पहिचान गर्न पनि यसको भूमिका महत्वपूर्ण हुन्छ ।

हिमालयन मेडिटेकले आपूर्ति गरेको अमेरिकन कम्पनि बोस्टन साइन्टिफिकको डिस्पोजेबल युरेटेरोस्कोप मेसिन अहिले नेपालमा निकै चर्चामा छ । यसले मिर्गौलामा जमेको पत्थरी सजिलै निकाल्न मद्धत गर्छ । नेपाल मेडिसिटी हस्पिटलबाट पहिलोपटक यस प्रकारको सेवा उपलब्ध गराउन शुरु गरिएको छ ।

लिथोभ युरेटेरोस्कोपका विशेषता

डिस्पोजेबल युरेटेरोस्कोप मेसिन बोस्टन साइन्टिफिक कम्पनीको डिजिटल मेसिन हो । यसबाट इमेज स्पष्ट देखिन्छ । संजिबनी इन्टरप्राइजेज ले आपूर्ति गरेको लिथोभ युरेटेरोस्कोप हो । यो उपकरणले मिर्गौलाको डल्लो भागको पत्थर फुटाउन सजिलो हुन्छ । डिजिटल एचडी इमेजको सँगसँगै यो स्कोपले राम्रो डिफ्लेक्सन समेत दिने हुँदा यो आरआईआरएस गर्न एकदमै उपयोगी हुन्छ । यो मेसिन हलुका छ । चिकित्सकलाई प्रयोगमा ल्याउन सजिलो हुन्छ । यो मेसिन धेरै महँगो नभएको र बिग्रने सम्भावना निकै कम हुन्छ ।

उपचारमा सहजता

बायोमेडिकल इन्जिनियरिङ सेवाले नयाँ उपकरणको फिचर चलाउन मद्धत गर्छ । यसबाट डायग्नोसिस र उपचार सेवा भरपर्दो र विश्वसनीय हुन्छ । बायोमेडिकल को बोर्ड परीक्षा भर्खरै सकिएको बेला नानोपार्टिकल्सले क्यान्सर सेल मार्ने रिसर्च गर्दा गर्दै हिमालयन मेडिटेकमा जागिर पाएको थिएँ

अहिले हिमालयन मेडिटेकबाट ग्याँस्ट्रोलोजी विभागअन्तर्गत इन्डोस्कोपी, इआरसिपी, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पल्मोनोलोजी विभागमा इबोस र युरोलोजीमा बोस्टन साइन्टिफिक कम्पनिको डिस्पोजेबल आरआईआरएसलगायतका विभिन्न मेसिनको एप्लिकेसन स्पेशलिष्ट सेवा उपलब्ध गराइरहेको छु । संजिबनी÷एचएमटीले मलार्य आफ्नो स्किल बनाउन एकदमै सहयोग गर्यो । आफ्नो अफिसमा पारिवारिक वातावरण हुनुका साथै सबैको साथ पाएको छु । यसका साथै एप्लिकेसन स्पेशलिष्ट बन्नका लागि चाहिने ट्रेनिङहरु देशभित्रै, इन्डिया र सिंगापुरमा समेत तालिम लिएर आएको छु । जसले गर्दा आफूले पढेको विषयमा र मेसिनको टेक्निकल एप्लिकेसनको कुरा गरेर डाक्टरहरुलाई उहाँहरुको भाषामा टेक्निकल्ली बुझाउने जसले डाक्टरहरुलाई पनि सहज पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्