Logo
|
Sunday 5th May 2024
Logo

epaper

अस्पताललाई उपकरण



जिल्ला अस्पताल र विभिन्न स्वास्थ्य संस्थालाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले जाजरकोटको आवश्यक उपकरण सहयोग गरेको छ ।

अस्पताललाई वासिङ मेसिन, बेबी वार्मर, अटोक्लेभ मेसिन र ट्रलीलगायत १५ प्ररकारका औजार उपलब्ध गराएको हो । उपकरण प्राप्त भएपछि बिरामीलाई सेवा दिन सहज भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताइन् । ‘जनशक्ति र पानी अभावमा बिरामीका कपडा धुन पनि समस्या थियो,’ उनले भनिन्, ‘वासिङ मेसिन पाएपछि अब सहज भएको छ ।’

अस्पतालको सेवा प्रवाहमा सहजता ल्याउन ३ लाख ६२ हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको सेभ द चिल्ड्रेनका अधिकृत राकेशकुमार यादवले वताए । उनका अनुसार जिल्लाका अन्य १० स्वास्थ्य संस्थामा पनि आवश्यक उपकरण उपलब्ध गराइएको छ । झाप्रा, दशेरा, पजारु, गर्खाकोट र ढीमेल स्वास्थ्यचौकी लगायतलाई सहयोग गरिएको हो ।

चौकीहरूलाई दिएका सामग्रीमा ग्यास सिलिन्डर, डिजिटल थर्मोमिटर, डेलिभरी बेड, ड्रेसिङ सेट, प्रसूति गराउन आवश्यक औजार छन् । जिल्लाका स्वास्थ्य संस्थामा दक्ष जनशक्ति, भौतिक पूर्वाधारसँगै उपकरण र औषधि पनि पर्याप्त नहुँदा सेवाप्रवाहमा कठिनाइ हुने गरेको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्