Logo
|
Sunday 5th May 2024
Logo

epaper

ठूला अस्पतालकै सेवा कमजोर



जनकपुर अञ्चल अस्पतालको प्रसूति वार्डबाहिर धनुषा, क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी २० वर्षीया सविता ठाकुर प्रसूति पीडाले छटपटाउँदै थिइन् । शुक्रबार बिहान घरबाट अस्पताल आएकी सवितालेअस्पतालको प्रसूति वार्डमा डाक्टरसँग भेटिन् ।

तर, साँझसम्म कुर्नुपर्ने भएकाले अस्पतालले उनलाई बेड उपलब्ध गराएन । उनी वार्डको गेटमै प्रसव पिडाले भुँइमै छट्टपट्टाउँदै थिइन् । प्रसूति वार्डमा जनशक्ति र  शैया कम हुँदा अस्पतालको प्रसूति वार्ड अस्तव्यस्त बनेको छ ।

अस्पतालको आकस्मिक कक्षमा प्रसूति वार्डजस्तै भरिभराउ हुन्छ । बेड नपाएर विरामी भुइँमै सुतेर उपचार गराउन बाध्य छन् । आकस्मिक कक्ष आवश्यक १६ जना चिकित्सकमा ६ जना मात्र कार्यरत छन् । अस्पतालको जर्जर भवनबाट नयाँ व्यवस्थित भवनमा आकस्मिक कक्ष सरे पनि जनशक्ति अभावमा सेवा र सुविधामा सुधार हुन सकेको छैन ।

आकस्मिकमा दिनदिनै बिरामीको भिड बढ्दा जनशक्ति अभावमा सिकिस्त बिरामी रेफर गर्नुको विकल्प नरहेको स्वास्थ्यकर्मी बताउँछन् । १७ शैयाको आकस्मिक कक्षमा दैनिक १ सय भन्दा बढी बिरामी उपचारका लागि आउँछन् । साझको समयमा आकस्मिक कक्षमा बिरामी राख्ने ठाउँ नै हुँदैन । बिरामीको चाप बढे पनि सेवा भने झूर छ । अस्पतालमा औषधि, भेन्टिलेटर, बेटमा मोनिटर र बेड सिटसमेत छैन ।

जनकपुर अञ्चल अस्पतालको ल्याव फाँटमा सिकारु विद्यार्थीले काम गर्छन । ल्यावमा आएका सेवाग्राही भन्दा सिकारु विद्यार्थीको भिड बढी हुन्छ । प्रयोगशालको परिक्षण रिपोर्टमा सिकारु विद्यार्थी नै स्वास्थ्यकर्मीको नक्कली हस्ताक्षर पनि गर्छन । संवेदनशिल प्रयोगशालामा व्यापक लपारबाही हुँदा अञ्चल अस्पतालले आफ्नो विश्वास गुमाउँदै छ ।

अञ्चल अस्पतालमा नयाँ भवन निर्माणले भौतिक विकास भए पनि जनशक्ति अभाव र बिचौलियाका कारण जनकपुर अञ्चल अस्पताल भन्दा आसपासको क्लिनिकमा उपचार गराउने बिरामीको भिड लागेको हुन्छ । गत जेठ २० गते जनकपुर अञ्चल अस्पतालबाट दुई बिचौलिया पक्राउ परेका थिए ।

जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई बाटोमा रोकेर निजि क्लिनिकमा लिएर जाने आरोपमा प्रहरीले सिरहा नगरपालिका ११ घर भई हाल जनकपुर बस्दै आएको २५ वर्षीय संजय कामती र जनकपुर उपमहानगरपालिका १० का ३५ वर्षीय मनोज यादवलाई पक्राउ गरेका थिए ।

अस्पताल व्यवस्थित हुदै गएपनि जनशक्ति अभावमा सेवा प्रभावकारी बनाउन कठिन भएको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिडेन्टेड डा. नागेन्द्र प्रसाद यादवले बताए । ‘समायोजनमा परेका कर्मचारी आउन नमान्दा समास्या भएको छ,’ डा.यादवले भने, ‘सम्बन्धित निकायमा जनशक्तिका लागि पटकपटक पत्रचार गरेका छौ । पहल हुन सकेको छैन ।’ सिमित जनशक्तिबाट अञ्चल अस्पतालको सेवा दिन अप्ठ्यारो भएकोउनले बताए ।

डुबानमा स्वास्थ्य संस्था

लगातारको वर्षापछि आएको बाढी र डुबानले स्वास्थ्य क्षेत्र समेत प्रभावित बनेको छ । अघिल्लो शुक्रबार राति परेको पानीले जिल्लाका अधिकाश सरकारी स्वास्थ्य संस्थाहरू डुबानमा परे । धेरै जसोमा औषधि लगायत क्षति भयो । डुबानका कारण मानिसहरू जचाउन स्वास्थ्य संस्था जान पाएका छैनन् । जिल्लाका १८ वटा स्थानियतह मध्ये अधिकाश हेल्थपोष्ट, हेल्थसेन्टर, सामुदायिक स्वास्थ्य क्लिनिक, सरकारी अस्पताल, सहरी स्वास्थ्य क्लिनिक, बर्थिङ सेन्टरहरू डुबानमा परेको छ ।

यहाँको ईशनाथ नगरपालिकाका स्थानीय विभुप्रसाद चनौललाई उपचारको अभाका कारण शुक्रबार भारतको ढाका पठाईको वडाका जनप्रतिनिधि गृशनन्दन सिंहले बताए । गाउँको हेल्थ सेन्टर डुबानमा परेर सबै बर्बाद भएको छ,’ उनले भने, ‘अहिले गाउँमा झाडापखालाको प्रकोप बढेको छ । स्वास्थ्य संस्था डुबानमा परेपछि उपचारमा समस्या भएको छ ।’ गाउँको स्वास्थ्य केन्द्र डुबानमा परेपछि औषधि समेत क्षति पुगेको छ । भित्र फोहोर पसेकाले स्वास्थ्यकर्मीहरू सरसफाईमा लागेका छन् । तत्काल उपचार गर्न सम्भवन नभएकाले चनौललाई बाहिर उपचारका लागि पठाइएको सिंहले जनाए । ईश्नाथ मात्र होइन जिल्लाको अधिकांश स्वास्थ्य संस्था डुबानमा परेकाले बिरामीलाई समस्या भएको छ ।

उक्त नगरपालिकाको सबै गाउँ डुबानमा परेको छ । अहिले पनि झण्डै २ सय घर डुबानमा परेको सिंहले जनाए । यस क्षेत्रमा महामाहरी फैलन सक्ने हुनाले जिल्लाबाट चिकित्सकको सहितको टोली मनाउन पहल भइरहेको उनले सुनाए । बागमति र लालबकैयाको पानी गाउँ पसे पछि सदरमुकाम गौर स्थित सरकारी अस्पताल समेत डुबानमा पर्‍र्यो । त्यस बेला सुत्केरी महिला र गर्भवति १० जनासहित झण्डै २० जना बिरामी अस्पताल भित्र ति दिन सम्म अलपत्र परे । बाहिर निस्कन सक्ने अवस्था थिएन् ।

बाहिरको बिरामी समेत जचाउन जान सकेनन् । डुबानका कारण उपचार नपाएर धेरै मानिस बिरामी परेको स्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहले बताए । ‘उत्तरी भेग बाहेकका सबै नगरपालीकामा रहेको स्वास्थ्य संस्थाहरू डुबानमा परे,’ उने भने, ‘यसले धेरै बिरामीलाई समस्यामा पारेको छ । धेरै ठाउँमा औषधि समेत क्षति पुगको छ ।’

भित्रि गाउँका अधिकाश हेल्थपोष्टहरू डुबानमा परेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको सदरमुकाम गौरमा रहेको अस्पताल डुबानमा परेको थियो । त्यस्तै झण्डै ६० वटा हेल्थपोष्ट ४ वटा हेल्थ सेन्टर डुबानमा परेको छ ।

त्यस्तै सहरी स्वास्थ्य क्लिनिक, बर्थिङ सेन्टरहरू समेत डुबानमा परेको कार्यालयले जनायो ।‘जिल्लाभरीको स्वास्थ्य संस्थाको क्षतिको विवरण मागेका छौं,’ निमित्त प्रमुख साह भन्छन्, ‘के कति क्षति र बिरामीको अवस्था बारे बुझन् भनेका छौ ।’ डुबानले अधिकाश स्वास्थ्य सेन्टरको भौतिक संरचनामा क्षति पुगेको छ । ईश्नाथको अलवा दुर्गाभगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, राजदेवी, देबाही, परोहालगायतका नगरपालिकाको स्वास्थ्य संस्थाहरूमा बढी क्षति भएको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्