Logo
|
Saturday 4th May 2024
Logo

epaper

खुर्सानी कति खाने ?



अधिकांस मानिसहरु पिरो खानेकुरा खान रुचाउछन् । कोहि धेरै खान्छन् त कोही कम । खुर्सानीको मात्रा मिलाएर खाएमा यसले उच्च रक्तचापलाई नियन्त्रण गर्न फाइदाजनक हुने अनुसन्धानले देखाएको छ ।
खुर्सानी कति मात्रामा खाने भन्ने बारे अधिकांश मानिसहरु अनविज्ञ छन् । जथाभावी पिरो खाँदा शरीरलाई ठुलो हानी हुन सक्ने चिनको न्युट्रियन्स जर्नलमा प्रकाशन भएको एक अध्ययनबाट पुष्टि भएको छ ।
प्रतिदिन ५० ग्राम भन्दा बढि खुर्सानी खाएमा संज्ञानात्मक गिरावट अर्थात मनोभ्रमको अवस्था सिर्जना हुन सक्ने उक्त अध्ययनमा उल्लेख गरिएको छ । मनोभ्रमलाई अंग्रेजीमा डिमेन्सिया पनि भनिन्छ । यो समस्या बढि वयस्कहरुलाई हुने गरेको छ ।४ हजार ५ सय ८२ जनामा सो अध्ययनमा अधिकांश मानिसहरुको ५५ वर्ष भन्दा कम उमेर थिए । अध्ययनमा सहभागी मानिसहरु अधिकांशले पिरो खान रुचाउथे । उनीहरुको स्मरणशक्ति कमजोर र मनोभ्रम जस्ता समस्या भएको अनुसन्धानमा देखिएको छ ।
उक्त अनुसन्धानमा संलग्न मुख्य अनुसन्धानकर्ता Zumin Shi भन्छन् — ‘लगातार लामो समयसम्म ५० ग्रामभन्दा बढि खुर्सानी खाँदा यसले शरीरलाई असाध्यै नकारात्मक असर पारिरहेको हुन्छ । हामीले यस सम्बन्धि अनुसन्धान गरेका थियौँ ।’
साउथ इस्ट एसियाका भारत, चिन, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालका अधिकांस मानिसहरु पिरो खान रुचाउछन् ।
क्यापसेसिन (Capsaicin) खुर्सानीमा एक किसिमको एक्टिभ कम्पोनेन्ट हुन्छ । यसले शरीरमा मेटापोलिज्म बढाउँछ । मेटापोलिज्म बढ्यो भने भास्कुलर डिस्अर्डरको समस्या देखिन सक्छ । त्यसकारण पातलो मानिसलाई बढि असर गर्न सक्छ । किनकी उनीहरुको शरीरमा फ्याटको मात्रा कम हुन्छ । मेटापोलिज्म बढ्ने वित्तिकै समस्या देखिन सुरु हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्