Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रत्यक दिन १०० एमएल गुलियो पेय पिउँदा क्यान्सरको खतरा १८ प्रतिशतले बढ्ने : अध्ययन



फिज निस्किने लगाएतका गुलिया पेय पदार्थ र फलफुलका जुसले क्यान्सरको खतरा बढाउने नयाँ अध्ययनले देखाएको छ ।
फ्रान्सका वैज्ञानिकहरुले चिनि धेरै प्रयोग गरिने गुलिया पेय पदार्थहरु क्यान्सरको खतरासँग महत्वपुर्णरुपमा जोडिएको पाएका छन् ।

गुलिया पेय पदार्थहरु स्वस्थ्य जीवन र मोटोपनबारे बहसको केन्द्रमा छन् । मोेटोपना क्यान्सरको कारक तत्व हो भन्ने थाहा भइसकेको छ । धेरै गुलिया पेय पदार्थ पिउँदा तौल बढ्छ ।

तर नयाँ अध्ययनले रगतमा चिनिको मात्रा पनि क्यान्सरको नयाँ कारक तत्व हुनसक्ने देखाएको छ । अनुसन्धानकर्ताले १ लाख भन्दा बढि मानिसलाई पाँच वर्ष सम्म अनुसन्धान गरेका थिए ।

औसतमा एकजनाले हप्तामा दुइ क्यान गुलिया पेय पदार्थ पिएका थिए । अध्ययनमा भनिएको छ— ‘हरेक दिन थप १०० मिलिलिटर गुलियो पदार्थ पिउँदा क्यान्सरको खतरा १८ प्रतिशतले बढ्यो ।’

यो अध्ययनले कृतिम गुलियो पदार्थ र क्यान्सरबीचको सम्बन्ध भने फेला पारेन । तर अध्ययनले चिनि धेरै भएका पेय पदार्थले क्यान्सर गराउन सक्ने पुष्टि गरेको छ ।

क्यान्सर रिसर्चर एम्मा शिल्ड्स भन्छिन् —‘तौल जस्तो भएपनि चिनिजन्य पदार्थ र क्यान्सरको सम्बन्ध चाखलाग्दो र गम्भिर कुरा हो । तर यसमा अझै बढि अनुसन्धान गर्न जरुरी छ ।’

युकेमा चिनिको मात्रा धेरै भएका पेय पदार्थ बनाउने उत्पादकहरुले गत वर्ष देखि सरकारलाई कर बुझाउन सुरु गरेका छन् ।
त्यसै गरी फ्रन्स, पोर्चुगल र यूएइले पनि चिनि जन्य अति उपभोगमा गम्भिर चासो व्यक्त गर्दै कुनै न कुनै किसिमको कर लगाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्