Logo
|
Friday 19th April 2024
Logo

epaper

सौन्दर्य टिप्स: बर्षातमा मेकअप कसरी गर्ने ?



बर्षातमा मेकअप बग्ने सम्भावना बढी रहन्छ । यस समस्याबाट छुटकारा पाउन सबैभन्दा पहिला अनुहारलाई राम्ररी धुने । त्यसपछि बरफको एउटा टुक्रा पातलो कपडामा बेरेर अनुहारमा ५ देखि १० मिनेटसम्म रगड्ने । यसो गर्दा अनुहारमा पसिना आउँदैन र मेकअप लामो समयसम्म टिकिरहन्छ।

बरफको टुक्राले मसाज गरेपछि तैलीय छाला भएका महिलाले एस्ट्रिजेन्टको प्रयोग गरेर आफ्नो छालाको सुरक्षा गर्न सक्छन् । सुख्खा अथवा सामान्य छाला हुने महिलाले टोनरको प्रयोग गर्दा राम्रो हुन्छ।

बर्षातमा फाउन्डेसको प्रयोग भरसक गर्नु हुँदैन । त्यसको साटो अनुहारमा पाउडरको बेस तयार पार्नुपर्छ । फेस पाउडरले तपाईंको अनुहारलाई फ्रेस देखिन मद्दत गर्नेछ ।

आँखाको सुन्दरता बढाउन पातलो आइलाइनर लगाउने । हल्का रङका आइस्याडोले आँखाको माथिको भाग हाइलाइट गर्ने । यदि मस्कारा लगाउँदै हुनुहुन्छ भने वाटर पु्रफ मस्काराको मात्र प्रयोग गर्नुहोस्।

ओठका लागि हलुका वा म्याट लिप रङका लिपस्टिकको प्रयोग गर्नुपर्छ । म्याट लिप सेड्स लामो समयसम्म ओठमा रहिरहन्छन् । ओठलाई अझै आकर्षक बनाउन लिपग्लसको प्रयोग गर्न सकिन्छ।

बर्सातमा कपाल भरसक बानेर राख्नु राम्रो हो । यस मौसममा कपाल खुला राख्नु भनेको कपाललाई हानि पु¥याउनु हो । बर्सातमा कपाल कमजोर भएर झर्ने समस्या बढी देखिन्छ । त्यसैले यो मौसममा कपाल बान्नु उचित हुन्छ।

बर्सातमा हलुका किसिमका गरगहना नै ठीक हुन्छन् । जसले तपाईंलाई स्टाइलिस देखाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्