Logo
|
Friday 3rd May 2024
Logo

epaper

स्थानीयस्तरमा स्यानेटरी प्याड उत्पादनमा जोड



राष्ट्रियसभा बैठकको आजको विशेष समयमा बोल्दै सांसद दिलकुमारी रावलले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निः शुल्क वितरण गरिने स्यानेटरी प्याड स्थानीयस्तरमा उत्पादनमा ध्यान दिनुपर्ने बताएकी छन् ।

उनले मातृ मृत्युदर घटाउन राष्ट्रपति गर्भवती हवाई उद्धार कार्यक्रम प्रभावकारी भए पनि यसको कार्यविधि संशोधन गर्न आवश्यक रहेको बताइन । सो कार्यक्रमबाट हालसम्म ३२ गर्भवतीको उद्धार भएको छ । पछिल्लो समय नेपालको मातृ मृत्युदरमा उल्लेखनीय सुधार हुन सकेको छैन । अहिले पनि प्रतिएक लाखमा १९० मातृमृत्युदर छ ।   रासस

प्रतिक्रिया दिनुहोस्