Logo
|
Saturday 26th October 2024
Logo

epaper

न्युजील्यान्डका सभामुखले पुरुष सांसदको शिशुलाई बोतलको दुध खुवाएपछी…



न्यूजील्यान्डका सभामुखले संसद्मा छलफल भइरहँदा एकजना सांसदको शिशुलाई आफ्नो काखमा लिएर बोतलको दूध खुवाएका छन् ।
बच्चा जन्मिएपछि केही समय बिदामा बसेका ती पुरुष सांसद बच्चा लिएरै छलफलमा सहभागी हुन संसद्मा गएका थिए। सभामुख ट्रेभर मालार्डले एक सांसदलाई छलफलमा भाग लिनु सजिलो होस भनेर बोकिदिएका थिए । शिशुका पिता तामती कोफे हुन् । उनले पुरुषसँगै विवाह गरेका छन् । सो पुरुष जोडीले सारोगेट आमा प्रयोग गरेर छोरा जन्माएको हुन् । न्युजील्यान्डकी प्रधानमन्त्री पनि हालै एक सन्तानकी आमा बनेकी हुन । गत सेप्टेम्बरमा जेसिन्डा आर्डन संयुक्त राष्ट्रसंघ गएकी थिइन । उनका श्रीमान् र छोरीपनि सँगै थिए ।
कार्यस्थललाई बालबालिकामैत्री बनाउने विषय अहिले लोकप्रिय बन्दैछ । अष्ट्रेलियाकी एक सांसदले गत वर्ष यो सन्देशलाई बल दिएकी थिइन् । लरिसा वाटर्सले सांसदमा बहस भइरहँदा आफ्नो शिशुलाई स्तनपान गराएकी थिइन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्