Logo
|
Friday 19th April 2024
Logo

epaper

थाइराइड डिसअर्डर एक जोखिम



थाइराइड घाँटीको अग्र भागमा हुने एउटा ग्रन्थि हो । जसले विभिन्न प्रकारका हर्मोन उत्पादन गर्ने काम गर्छ । यस्ता हर्मोनले शरीरलाई ऊर्जाशील र स्फूर्ति बनाइराख्छ । यिनै हर्मोनका कारण शरीरका तन्तुहरूको वृद्धि हुन्छ । र, यिनलाई परिपक्व बनाउने काम पनि गर्छ । यस्तो ग्रन्थिमा समस्या आएमा हर्मोनको उत्पादन अत्यधिक बढी वा कम हुन्छ । बढी उत्पादन हुने समस्यालाई हाइपरथाइरोडिजम भन्छन् । त्यस्तै, कम उत्पादन हुनुलाई हाइपोथाइरोडिजम भनिन्छ ।लक्षण

  • यस्तो समस्याले उमेर र उचाइभन्दा बढी वा कम तौल हुने, मुटुको धड्कन तीव्र, अनियमित हुने, बढी गर्मी हुने
  • लक्षण देखाउँछ ।
  • त्यस्तै, अत्यधिक जाडो हुने समस्या पनि हुन्छ । यसका साथै शरीर सुन्निने, कब्जियत हुने, गलगाँड निस्किने, महिलाको महिनावारीमा अनिमितता आउने, निःसन्तान, कमजोरी, सान्तानमा थाइराइडलगायतका समस्या हुन्छ ।
  • यस्तो समस्याले व्यवहारमा पनि परिवर्तन ल्याउँछ । श्वासप्रश्वासमा समस्या आउने, अनिद्रा, जोर्नीको दुखाइ, निराशालगायतका समस्या पनि हुन्छ । विशेषगरी, थाइराइड हर्मोनको कमीले यस्तो समस्या निम्त्याउँछ ।

थाइराइडका समस्या

  • थाइराइडको लामो समयसम्म उपचार नभएमा बिरामीको ज्यानै जान सक्छ ।
  • यसले हृदयाघात, मस्तिष्कसम्बन्धी विभिन्न समस्या, मधुमेह, क्यान्सरजस्ता जटिल रोगसमेत निम्त्याउँछ ।
  • थाइराइड हर्मोनको कमीले मानसिक र शारीरिक दुवै समस्या निम्त्याउने गर्छ । गर्भवती महिलामा थाइराइड हर्मोन कम छ भने पेटमा रहेको बच्चाको स्वास्थ्यमा समेत खराब असर पर्छ ।

उपचार

  • खानपान र जीवनशैलीका कारण पनि यस्तो समस्याबाट ग्रसित हुनुपर्छ । यस्तो समस्याबाट बच्न नियमित शारीरिक व्यायाम गर्न पनि आवश्यक हुन्छ ।
  • थाइराइड हर्मोन कम हुने समस्या भएका अधिकांशले जीवनभर औषधि सेवन गर्नुपर्ने बाध्यता हुन्छ । औषधि सेवनसँगै हरेक ६–६ महिनामा रक्तपरीक्षण गरी यसको अवस्थाबारे जानकारी लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्