Logo
|
Saturday 4th May 2024
Logo

epaper

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

तालाबन्दीको क्रममा प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलमाथि हातपात



दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तालाबन्दी भएको छ। प्रतिष्ठान बचाउ अभियानको नाममा अस्पतालको प्रशासनिक भवनमा तालाबन्दी भएको हो।

यो समितिले प्रतिष्ठानका उपकुलपतिको राजीनामा माग गर्दे केही दिनदेखि सबै निकायमा र क्षेत्रमा ज्ञापनपत्र बुझाउदै आएको थियो। प्रतिष्ठानको नाममा आन्दोलित भएको समिति बुधबार तालाबन्दी गर्न पुगेको हो।

ताला भने दाङ प्रहरीले फोडेको छ। ताला लगाउने क्रममा प्रतिष्ठानका रजिष्टारमाथि हातपात भएको प्रतिष्ठानको दाबी छ। दाङका जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले प्रतिष्ठानमा ताला लागेको खबर प्राप्त भए लगत्तै प्रहरीले ताला फोडेको जानकारी दिए।

उच्च अदालत तुलसीपुरले प्रतिष्ठानमा कुनै पनि आन्दोलन नगर्न÷नगराउन पहिले नै आदेश गरेको थियो। अदालतको अपहेलना गर्दे प्रतिष्ठानमा तालाबनदी गरिएको प्रतिष्ठानले बताएको छ। तालाबन्दीको क्रममा प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले आफूमाथि हातपात भएको बताए।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारीले रजिष्टारमाथि भएको हातपातको विरोध गरेकी छन्। बचाउ समितिका संयोजक विकिरण गौतम र सदस्य सचिव सविन प्रीयासनको नेतृत्वमा तालाबन्दी गरिएको हो। प्रतिष्ठानमा अनियमितता भएको भन्दै उपकुलपतिको राजीनामाको माग बचाउ समितिले गर्दे आएको छ।

ताला लगाउने र नाराबाजी गर्ने पत्रकार महासंघ दाङका पदाधीकारी पनि सहभागी भएको समाचार अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्