Logo
|
Friday 19th April 2024
Logo

epaper

अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आमा बन्ने कुरा सबै महिलाको लागि जीवनको ठूलो खुसी हो । सबै महिलाहरुलाई आफ्नो गर्भमा हुर्किरहेको बच्चा स्वस्थ र तन्दुरुस्त जन्मियोस् भन्ने चाहना हुन्छ । र यसको कामना पनि गर्छन् । चाहना हुँदाहुँदै पनि कहिले केही जटिलताको कारण जन्मैदेखि नै बच्चामा समस्याहरु देखा पर्छ । गर्भावस्थाको क्रममा आमाबाट हुने सानो भन्दा सानो गल्तीहरुले पनि बच्चाको शारीरीक बनावटदेखि हरेक कुरामा असर पर्ने हुन्छ । फलस्वरुप बच्चा अपाङ्ग हुने चिकित्सकहरुले जनाएका छन् । गर्भावस्थामा गर्भवती महिलाले पर्याप्त पौष्टिक आहार सेवन गर्नुपर्छ । आमाले आफूलाई मात्र नभएर गर्भमा हुर्किरहेको शिशुलाई सम्म हुने क्याल्सियम र भिटामिन डि भएको आहार खानुपर्छ । यसको कमीको कारण पनि शिशुको वृद्धि विकासमा कमीहरु देखिन्छ ।गर्भावस्थाको क्रममा हुने महिलाहरुको शारीरीक परिर्वतनसँगै हार्माेनल परिवर्तनले समय–समयमा केही विशेष खान मन लाग्ने हुन्छ । विशेषज्ञहरुको अनुसार गर्भावस्थामा खान मन लाग्ने अमिलोपिरो, चटपटे, मिठो आदिले आमालाई सन्तुष्टि दिएपनि बच्चालाई भने नकारात्मक प्रभाव पर्छ । बाहिर बजारमा पाइने आधुनिक खाना बर्गर, स्ट्रिट फुड आदि सेवन गर्नुहुँदैन । बच्चाको लागि आमाले जिब्रोलाई केही नियन्त्रणमा राख्नुपर्छ । गर्भधारण गर्न चाहाने महिलाले ३ महिना पहिलेदेखि नै गर्भावस्थाको तयारी शुरु गर्नुपर्छ । तीन महिना पहिले महिलाले थाइराइड, सिस्ट आदि सबै आवश्यक परिक्षण गराउनुको साथै फोलिक एसिडको सेवन गर्नुपर्छ । यसको सेवनले आमा र बच्चा दुवैलाई रगतको कमी हुँदैन ।गर्भवती महिलासधैं भाइरल इन्फेक्सन भएका मानिसहरुबाट टाढा नै बस्नुपर्छ । भिडभाड र सार्वजनिक स्थानमा हुने कैयौं खालको संक्रमणले गर्भमा रहेको शिशुलाई असर गर्छ । यसै कारण चिकित्सकहरुले महिलाहरुलाई भिडभाड भएको ठाँउमा नजान सल्लाह दिन्छन् ।गर्भावस्थाको क्रममा धेरै होहल्ला भएको ठाउँमा बस्दा बच्चाको सुन्ने शक्तिमा कमी आउन सक्छ । बच्चाको श्रवणशक्ति मात्र नभएर बोल्ने क्षमतामा पनि असर पर्ने एक अध्ययनले जनाएको छ । बच्चाले जबसम्म केही सुन्दैनन् उनीहरुको उच्चारण गर्ने क्षमता विकसित हुँदैन । त्यसकारण गर्भवती महिलाले शान्त वातावरणमा रमाउनुपर्छ । गर्भवती महिलाहरुले स्वस्थ जीवनशैली अपनाउनु पर्छ । मदिरा पिउने लतले गर्भ तुहिन सक्छ वा भ्रुणको विकास रोकिन सक्छ । मदिरा र धुम्रपानबाट बच्चालाई नकारात्मक प्रभाव पर्छ । धुम्रपानको कारणले बच्चाको तौलमा कमी हुने, समयभन्दा पहिला बच्चा जन्मिने जस्ता अन्या समस्याहरु देखापर्छ । गर्भावस्थामा जुस पिउनु फाइदाजनक हुनेहुँदा फ्रेस जुस सेवन गर्नुपर्छ । कोल्ड ड्रिंक र प्याकेज्ड जुसले गर्भको बच्चालाई असर गर्छ । प्याकेज्ड जुसमा हुनसक्ने ब्याक्टेरिया र कोल्ड ड्रिंकमा पाइने उच्च मात्राको प्रिजर्भेटिभ्सले बच्चालाई अपाङ्ग गराउँछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्