Logo
|
Friday 3rd May 2024
Logo

epaper

दाग हटाउन र मुलायम छालाका लागि केमिकल पीलिङ्ग




केमिकल सोलुसनको प्रयोग गरी छालाको दागहरु हटाउने र छाला मुलायम बनाउने प्रविधिलाई केमिकल पीलिङ्ग भनिन्छ । सामान्यतया केमिकल पीलिङ्गलाई सुपरफिशियल, मिडियम र डीप पीलिङ्गमा विभाजन गरेर बुझ्न जरुरी हुन्छ ।
सुपरफिशियल केमिकल पील
सुपरफिशियल केमिकल पील सबैभन्दा हल्का र नरम खालको पील हो । यसले केवल इपिडर्मिस छालाको माथिल्लो तहलाई मात्र असर गर्दछ र छालाको गहिराई सम्म जाँदैन । तिनीहरु छालाको माथिल्लो सतहको क्षतिको लागि प्रभावकारी हुन्छन् । जस्तैः भर्खरै शुरु भएको चाहुरीपना र डण्डिफोरले असर गरेको शुरुको अवस्था आदि । कुनै असर बिना छिटो परिणाम प्राप्त गर्न र संवेदनशील छालामा अल्फा हाइड्रोसिल एसिड (एएचए) पनि प्रयोग गर्न सकिन्छ ।
मिडीयम केमिकल पील
यी पीलहरु चाउरीपना र गहिरो डण्डीफोरको दाग, हटाउन र अन्य अनुहारमा भएका दागहरु हटाउन प्रयोग गरिन्छ । मिडियम पीलमा ट्राइक्लोरोएसेटिक एसिड हुन्छ जसले छालाको भित्री सतह सम्म प्रवेश गर्छ र सुपरफिशियल केमिकल पील भन्दा राम्रो परिणाम दिन्छ ।
डीप केमिकल पील
डीप पीलहरु सामान्यतया भित्री सतह डर्मिससम्म पुग्छ र डण्डीफोरको दागहरु हटाउन प्रयोग गरिन्छ । फिनोल प्रायः डीप पीलमा प्रयोग गरिने एक केमिकल हो । प्रभावकारिता र उपचारको आधारमा यी पील धेरै हप्तादेखि महिनासम्म प्रयोग गर्न सकिन्छ ।
कस्तो समस्यामा पीलिङ्ग गर्ने ?
– डण्डीफोरको दाग
-हल्का चाउरीपना
– चाँया (पोतो)
– तील कोठी
– घामले असर गरेको अनुहार
– अनुहारमा निखार ल्याउन
उपचार पछिको हेरचाह कस्तो हुनुपर्छ ?
– अनुहार सफा राख्ने
– दिनको २–४ पटक मोश्चराइजरको प्रयोग गर्ने
– घामको किरणदेखि बच्ने
-धुम्रपान नगर्ने
– सामान्यतया कस्मेटिक्स ७–१० दिन पछि मात्र प्रयोग गर्ने आदि ।
केमिकल पीलिङपछि देखिने परिणाम कस्तो हुन्छ ?
सुपरफिशियल केमिकल पील निको हुन १ देखि ७ दिन सम्म लाग्न सक्छ । पील गरेको छाला पहिले रातो देखिन सक्छ । क्रिम र लोशनको प्रयोगको साथ साथै दिनहुँ सनस्क्रिनको प्रयोग गर्नाले छालामा सुधार आउन सुरु हुन्छ । पीलिङ गरेको भोलिपल्टबाट मेकअप गर्न सकिन्छ ।मिडीयम केमिकल पील गरेको छाला निको हुन ७ देखि १४ दिन सम्म लाग्छ । पील गरेको छाला पहिले रातो र सुन्निएको देखिन सक्छ जुन ४८ घण्टा सम्म रहन सक्छ । त्यसपछि छालामा पीलको प्रभाव देखिन सकिन्छ । राम्ररी निको नभए सम्म घामको किरण देखि बच्नुपर्दछ ।डीप पील गरेको छाला निको हुन १४ देखि २१ दिन सम्म लाग्छ । उपचार गरेको भागमा ब्यान्डेज प्रयोग गर्न सकिन्छ । छालालाई कम्तिमा दिनको ४ देखि ६ पटक सम्म भिजाउने र पहिलो १४ दिन सम्म ओएन्टमेन्टको प्रयोग गर्नु पर्दछ । त्यसपछिको १४ दिन सम्म बाक्लो गरेर मोइश्चराइजर लगाउने र क्रिम र लोशनको प्रयोग गर्नुपर्दछ । ३ देखि ६ महिना सम्म सूर्यको किरणदेखि बच्नुपर्दछ ।
(डा. श्रेष्ठ डर्माटोलोजी, एस्थेटिक एण्ड लेजर सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्