कोरोना संक्रमणबारे भ्रम निवारण
१. कसैलाई रुघाखोकी लाग्दैमा उसलाई कोरोना संक्रमण भएको हुँदैन |
२. कोरोना संक्रमण नयाँ रोग हैन, पहिले सार्स र मर्सको नाममा फैलिएको थियो | भाइरसको स्वरूपमात्र नयाँ हो |
३. स्वस्थ पशुपंक्षीबाट कोरोना सर्दैन |
४. सबै चाइनिजबाट कोरोना सर्दैन | संक्रमित चिनिया यहाँ भेटिएका छैनन् |
५. चिनिया खानाले कोरोना सर्दैन |
६. चीनबाट पठाएका सामान, खाम, खाध्य पदार्थबाट कोरोना सर्दैन | शरीर बाहिर कोरोना लामो समय बाँच्दैन |
७. मासु खाँदैमा कोरोना सर्दैन |
८. नुनपानीले वा अरु गार्गलले कुल्ला पनि कोरोना संक्रमण रोकिदैन |
९. चीनबाट आएका सबै व्यक्तिमा कोरोना लागेको हुँदैन |
१०. लसुनले कोरोना ठिक हुन्छ भन्ने भ्रम हो | अहिलेसम्म कोरोना संक्रमणको कुनै औषधि, खोप छैन |
११. कोरोना संक्रमणलाई एन्टिबायोटिकले ठिक गर्दैन | यो भाइरल रोग हो, एन्टिबायोटिकले ठिक गर्ने ब्याक्टेरियल संक्रमणमा हो |
१२. कोरोना लागेको व्यक्तिले अरु सबैलाई रोग सार्न सक्दैन | जसको इम्युनिटी पावर राम्रो छ, त्यसलाई सर्दैन |
१३. कोरोना संक्रमण भएका सबैको मृत्यु हुँदैन | १०० जनालाई कोरोना संक्रमण भएमा २ –३ जनाको मात्र मृत्यु हुनसक्छ |
१४. कोरोना बुढाबुढीलाई मात्र सर्दैन | जो कोहिलाई पनि सर्न सक्छ | कोरोना संक्रमण हुँदैमा संक्रमित सबै बुढाबुढी मर्दैनन |
१५. इन्फ्लुएन्जा तथा निमोनियाको सुई लगाएका व्यक्तिलाई पनि अरुलाई जस्तै कोरोना सर्न सक्छ |
१६. मास्कले लगाउँदैमा कोरोना संक्रमणबाट बचिदैन |
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ