Logo
|
Friday 19th April 2024
Logo

epaper

फिजियोथेरापीबाट निको हुन्छन् ……



हाम्रो शरीरमा कुनै पनि समय स्वास्थ्य समस्या देखा पर्न सक्दछ । यस्ता समस्या समाधान गर्न विभिन्न किसिमका उपचार पद्धतीहरु आविष्कार भएका छन् । त्यसमध्ये फिजियोथेरापी पद्धती पनि एक हो । यसलाई वैज्ञानिक चिकित्सा पद्धती भनिन्छ । नेपाली भाषामा यसलाई भौतिक चिकित्सा भन्ने गरिन्छ ।

विभिन्न किसिमका रोगहरुलाई बिना औषधि शारीरिक ब्यायाम गर्न लगाई विधुतिय उपकरणको मद्धतले फिजियोथेरापिस्टको प्रत्यक्ष संलग्नतामा गरिने उपचार पद्धतीलाई फिजियोथेरापी भनिन्छ ।

फिजियोथेरापी उपचार पद्धतीबाट मांसपेशी तथा हाडजोर्नी सम्बन्धी समस्याहरु जस्तै, गर्दन दुःख्ने, ढाड दुःख्ने, घुँडा दुःख्ने र कुर्कुच्चा दुःख्ने साथै नशा रोग सम्बन्धी समस्या जस्तै, प्यारालाईसिस, मुख बाँङ्गिएको, हात नचल्ने, स्पाइनल कर्ड इन्जुरी र सेरेबल पाल्सी जस्ता समस्याहरुको उपचार सजिलै गर्न सकिन्छ ।

फिजियोथेरापी उपचार पद्धती भर्खरै जन्मेको बच्चादेखि नमरुन्जेलसम्म हरेक उमेरका ब्यक्तिविशेषमा प्रयोग गर्न सकिन्छ । अझ गर्भवती भएको अवस्थामा फिजियोथेरापी गर्नाले नर्मल डेलिभरी हुनसक्ने सम्भावना रहन्छ । साथै आँङ खस्ने, ढाड दुःख्ने जस्ता समस्याबाट बच्न सकिन्छ ।

 

हाम्रो शरीर जति चलायमान भयो त्यति नै तन्दुरुस्त र फुर्तिलो हुन्छ । शारीरिक अभ्यास, व्यायाम गरिएन भने शरीर विस्तारै मक्किदै, खिँइदै र सिथिल हुँदै जान्छ ।

आजकाल अधिकांश मानिसहरु टेलिभिजन हेर्न, ल्यापटप कम्युटर र मोबाइल चलाउनै बढी समय व्यतित गर्छन । साथै जंकफुड र बढी क्यालोरी भएका खाना खान रुचाउछन् । जसले गर्दा मोटोपनाको समस्या दिनानुदिन बढ्दै गइरहेको छ । यसरी शारीरिक व्यायाम र जीवनशैलीलाई वेवास्ता गर्दा मधुमेह र उच्च रक्तचाप जस्ता दीर्घ रोगबाट ग्रसित हुनुपरिरहेको छ ।

हाम्रो जीवनमा शारीरिक ब्यायामको ठुलो महत्व रहेको छ । व्यायम गर्ने चक्करमा जथाभावी व्यायाम गर्दा शरीरलाई नै हानी गर्न पनि सक्छ । त्यसकारण व्यवस्थित तरिकाले शारीरिक अभ्यास गर्न सिकाउने हेल्थ प्रोफेसन नै फिजियोथेरापी हो ।
(सोम प्रसाद रिजाल सिनियर फिजियोथेरापिस्ट हुन् ।)

प्रतिक्रिया दिनुहोस्