Logo
|
Thursday 18th April 2024
Logo

epaper

बढि नुन खाए के हुन्छ ? यसले शरीरमा कस्तो असर पुर्याउँछ ?



जनस्वास्थ्य सरोकार, काठमार्डाैँ । हाम्रो शरीरका लागि नुन अत्यावश्यक खाद्यपदार्थ हो । यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले विशेष भूमिका खेलिरहेको हुन्छ । तर, अत्यधिक नुन खाएमा त्यसले शरीरमा नकारात्मक असर पार्छ भन्ने बुझ्न जरुरी छ ।

– नुनको बढी सेवनले मस्तिष्क, धमनी र मुटुमा बढी असर गर्छ । शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुन सक्छ ।

– विश्व स्वास्थ्य संगठनका अनुसार एउटा व्यक्तिले प्रत्येक दिन ५ ग्रामभन्दा बढी नुन सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । तर, दक्षिण अफ्रिकीहरू एक दिनमा ८ दशमलव ५ ग्राम नुन खाने गर्छन् । जुन पक्षाघात ९स्ट्रोक० र हृदयाघातको कारण बनिरहेको छ ।

– वयस्क मानिसमा आवश्यकभन्दा बढी सोडियम हृदयरोगको कारक बन्ने गर्छ ।

– खानेकुरामा प्रयोग गरिने सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउँछ । बुढेसकालमा सोच्ने शक्तिमा समेत
ह्रास ल्याउँछ ।

-शरीरमा सोडियमको मात्रा बढी हुँदा घुँडा र हातखुट्टा सुन्निने समस्या देखा पर्छ ।

-खानेकुरामा नुनको प्रयोग गर्दा त्यो स्वादिष्ट अवश्य हुन्छ । तर, कतिपय खानेकुरा छन्, जसमा नुनको मात्रा मिल्दैन । यस्तो हुँदा त्यसले झनै बढी असर गर्ने गर्दछ ।

-प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटमा क्यान्सर हुने सम्भावना रहन्छ । यसबाट महिलाभन्दा पुरुष बढी प्रभावित हुने गरेका छन् । सिामान्यतया मिर्गौलाले शरीरमा रहेका विकारजन्य वस्तु हटाउने, तरल पदार्थ सन्तुलनमा राख्ने र रातो रक्तकोषिकाको वृद्धिलाई नियन्त्रण गर्ने काम गर्छ । यद्यपि, उच्च रक्तचापका बिरामीले बढी नुन सेवन गर्दा मिर्गौलाले शरीरका विषाक्त तत्व हटाउन असमर्थ हुन्छ । परिणामस्वरूप मिर्गौला बिग्रने सम्भावना रहन्छ ।

– उच्च सोडियमयुक्त खाना, खासगरी प्रशोधित खाद्यपदार्थले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्