Logo
|
Saturday 22nd February 2025
Logo

epaper

निदान अस्पतालका तीन स्वास्थ्यकर्मीसहित १२ कर्मचारीमा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुरको निदान अस्पतालमा १२ जना कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पहिचान भएको छ। संक्रमण पुष्टि भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।

अस्पतालका डा. पुकारचन्द्र श्रेष्ठले मंगलबार आईसीयूमा कार्यरत तीन स्वास्थ्यकर्मी, पाँच जना गार्ड र अन्य कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।  उहाँका अनुसार थप संक्रमण फैलिन नदिन अस्पतालका सबै सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्