Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

निजी अस्पताललाई सरकारको चेतावनी

२० प्रतिशत वेड नछुट्याए पीसीआर परीक्षण अनुमति खारेज गरिने



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले २० प्रतिशत कोभिड १९ उपचारका लागि वेडहरु नछुट्याउने निजी अस्पतालहरुको पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले एक तिहाई वेड कोरोना उपचारका लागि छुट्याउने मेडिकल कलेजहरुलाई पीसीआर परीक्षण गर्न अनुमति दिने जानकारी गराउनुभयो । हरेक अस्पतालले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई कोभिड उपचारका लागि वेडहरु छुट्याउन मन्त्रालयले यस अघि नै निर्देशन दिइसकेको छ ।

अस्पतालमा जँचाउन आउने जोकोही बिरामी पनि कोभिड संक्रमित हुनसक्ने र उनीहरुलाई तत्काल रिफर गर्न गाह्रो हुने भएकाले निजी अस्पतालहरु कोभिड १९ उपचारबाट भाग्न नहुने प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।
अहिले सकारी अस्पतालहरु भरिभराउ भएको र संक्रमित बढ्दै गएकाले निजी अस्पतालहरुको पनि कोभिड बिरामी उपचार गर्नुपर्ने उत्तरदायित्व भएको प्रा.डा. गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्