विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३३ लाख नाघ्यो (अपडेट)
जनस्वास्थ्य सरोकार काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । नेपाली समय आइतबार १२:३० बजे सम्म विश्वभरीमा दुई करोड ३३ लाख ८३ हजार ४७२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ५९ लाख १० हजार ३७१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ६४ हजार ३८६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार ६६२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ८ लाख ८ हजार ७१५ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ५८ लाख ४१ हजार ४२८ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ८० हजार १७४ पुगेको छ ।
स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/