Logo
|
Thursday 25th April 2024
Logo

epaper

पूर्वाञ्चल क्यान्सर अस्पतालमा कलेजोसँगै टाँसिएको ट्युमरको सफल शल्यक्रिया



जनस्वास्थ्य सरोकार, काठमाडौं । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा कलेजोसँगै टासिएको ट्युमरको  शल्यक्रिया सफल भएको छ। दुबै मृगौलाको माथि, कलेजोसँगै टाँसिएर रहेको ट्युमरको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका ७ की बबिता माझी विगत ४ महिनादेखि कलेजोसँगै टाँसिएको ट्युमरबाट पीडित थिइन्। उपचारमा संलग्न डा. बासुदेब बाँस्कोटाका अनुसार यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको हो । यसलाई ‘एड्रिनल मास’ भन्ने गरिन्छ। शल्यक्रिया सम्पन्न गर्न ४ घण्टा बढी समय लागेको डा. बाँस्कोटाले जानकारी दिनुभयो ।

कोरोना महामारीको समयमा पनि जटिल प्रकारका रोगको उपचार गर्दै आएको विएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालले जुनसुकै समयमा पनि उपचार दिने अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बताउनुभयो ।  लकडाउनका कारण भारत जाने बिरामी पनि आउने गरेकोले थप बिरामीको सेवामा अस्पताल क्रियाशील रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्