Logo
|
Sunday 29th November 2020
NEWS PAPER

थप ८१८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विगत २४ घण्टामा नेपालमा थप ८१८ जना कोरोना सङ्क्रमित थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१,९३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनांक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड- १९ बाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ ।

उहाँका अनुसार अहिले १३,१५५ जनामा सक्रिय सङ्क्रमण छ। त्यस्तै वितेको २४ घण्टामा २८१ जना कोरोना मुक्त भएका छन । हालसम्म १८,६३१ जना भाइरसमुक्त भइसकेका छन । विगत २४ घण्टामा ८,०२६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। अहिले देशभरि क्वारन्टीनमा ११,७१४ जना छन्।

प्रतिक्रिया दिनुहोस्