Logo
|
Thursday 28th March 2024
Logo

epaper

अमेरिकामा प्लाज्मा थेरापी उपचारलाई अनुमति



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकाले प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमितको उपचार गर्न अनुमति दिएको छ । त्यहाँकोे खाद्य तथा औषधि प्रशासन (एफडीए)ले निको भइसकेका कोरोना भाइरस संक्रमितहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको हो ।  यस प्रविधिमा रोग निको भइसकेका व्यक्तिको रगतमा भएको एन्टीबडी–रिच प्लाज्मामालाई अन्य बिरामीमा प्रयोग गरिन्छ ।

अमेरिकामा यो विधि ७० हजारभन्दा धेरै मानिसमा प्रयोग भइसकेको छ । शुरुआती परीक्षणहरुले यो प्रविधि सुरक्षित रहेकोतर्फ संकेत गरेको एफडीएले बताएको छ । तर यसको प्रभावकारी प्रमाणित गर्न थप प्रमाण चाहिन्छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको बताएका थिए । एफडीएले राजनीतिक कारणहरुले गर्दा खोप र थेरापी ल्याउन ढिलाइ गरेको भनेर ट्रम्पले आरोप लगाएको एक दिन लगत्तै यो घोषणा भएको हो ।

यस क्रममा उनले कोरोना भाइरस संक्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दान दिन अपिल समेत गरेका थिए । यो विधिको प्रयोगबाट कोरोना भाइरसबाट हुने मृत्यु ३५ प्रतिशत घट्ने उनको दाबी छ । स्वतन्त्र वैज्ञानिकहरूले यसलाई ठूलै उपलब्धि मानिहाल्न हतारो गर्न नहुने बताएका छन् ।

कतिपय बिरामीमा यो विधिको खराब असर हुनसक्ने उनीहरुको भनाइ छ । अमेरिकामा कोरोना भाइरसबाट ५६ लाख मानिस संक्रमित छन् भने मर्नेको संख्या एक लाख ७६ हजार पुगेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्