Logo
|
Friday 19th April 2024
Logo

epaper

सशस्त्र प्रहरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित पुरुषको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको ज्यान गएको छ ।  गएको साउन ३१ गतेदेखि काठमाण्डौको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका काठमाण्डौ महानगरपालिका २१ का ६६ वर्षीय पुरुषको मङ्गलबार दिउँसो ज्यान गएको अस्पतालका डाक्टर प्रवीण नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आए पनि दुई दिन घरमै आइसोलेशनमा बसेका पुरुष ३१ गते मात्रै अस्पताल भर्ना हुनुभएको थियो ।

स्वास्थ्यमा थप समस्या आएपछि साउन ३२ देखि आईसीयूमा र भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर ती पुरुषको उपचार गरिएको डाक्टर नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्