Logo
|
Saturday 23rd January 2021
E-paper Magazine

थप ८५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३३ हजार नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८५५ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४घण्टामा थप ३१३ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ । हाल १० हजार ४५३ जना क्वारेन्टाइनमा रहेका छन भने १४हजार २५० जना आइसोलेसनमा छन ।  वितेको २४ घण्टामा ११ हजार ३७० सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्