Logo
|
Monday 19th April 2021
E-paper Magazine

थप ८८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ हजार नाघ्यो



 

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३८५ जना संक्रमित निको भएर घर फर्किएका छन ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको छ । हाल ९ हजार ८३२ जना क्वारेन्टाइनमा रहेका छन भने १४ हजार ७३९ जना आइसोलेसनमा छन । वितेको २४ घण्टामा १३ हजार २५३ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ ।

नेपालमा बुधबार थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्