Logo
|
Saturday 22nd February 2025
Logo

epaper

चितवनमा प्लाज्मा थेरापीबाट उपचार भइरहेको संक्रमित महिलाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चितवनमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

ती महिलाको बिहीबार राति प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्