Logo
|
Saturday 27th April 2024
Logo

epaper

कोभिड-१९ को एन्टीभाइरल औषधि ‘फाभिर २००’ उत्पादन नेपालमै सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमै पहिलोपटक देउराली जनता फर्मास्युटिकल्स प्रा.लि.ले कोरोना भाईरस (कोभिड-१९) संक्रमितहरुका लागि प्रयोग गरिने एन्टीभाइरल औषधि फाभिर २०० ट्याब्लेट उत्पादन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमतिमा पहिलोपटक फाभिर २०० नामक ट्याब्लेट उत्पादन सुरु गरेको देउराली जनता फर्मास्युटिकल्स प्रा.लि.का प्रमुख हरीभक्त शर्माले जानकारी दिनुभयो ।

कोभिड-१९ को उपचारका लागि आवश्यक औषधिमध्ये फभिपिराभर ओरल ट्याब्लेट औषधीलाई विश्वका धेरैे मुलुकहरुले कोरोनाका बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गर्दै आइरहेका छन ।

उहाँका अनुसार जापान, चिन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेश लगायतका देशले कोभिड १९ को उपचारका लागि अनुमति प्रदान गरिसकेको छ ।
कोभिड–१९ का बिरामिहरुको उपचार र प्रयोगको लागी चिकित्सकको सिफारिस र निगरानिमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुनेगरि औषधि व्यवस्था विभागबाट स्विकृति प्राप्त भएको उहाँको भनाई छ ।

महामारीको बिषम परिस्थितिमा फाभिर–२००० नामक औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मंत्रालय र औषधि व्यवस्था बिभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीहरुको उपचारका लागी आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन कम्पनिले सम्पुर्ण तयारि गरिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्