Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

फाइजरले विकास गरेको खोप आगामी महिनाबाट लगाउन शुरु गरिने



जनस्वास्थ्य सरोकार, काठमाडौं । फाइजरले विकास गरेको कोभिडविरुद्ध खोप आगामी महिनाबाट लगाउन शुरु गरिने भएको छ ।खोप आगामी डिसेम्बर ११ अघि नै अमेरिकीहरुले लगाउन शुरु गर्ने अमेरिकी कोरोना भाइरस खोप कार्यक्रमका प्रमुख डा. मोनसेफ स्लावीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप प्रमाणीकरण हुने वित्तिकै २४ सै घन्टा खोप कार्यक्रम संचालन गरिने छ ।

अमेरिकामा हालसम्म १ करोड २५ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । कोरोना संक्रमणकै कारण हालसम्म २ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिका विश्वमै कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । पछिल्लो समय अमेरिकामा संक्रमणको दर अहिलेसम्मकै उच्च देखिएको छ ।

अमेरिकी औषधि कम्पनी फाइजर र यसको साझेदार बायोएनटेकले कोभिड-१९ खोपको आकस्मिक प्रमाणिकरणका लागि गत शुक्रबार आवेदन दिएका थिए ।

खोपको दुई डोज लगाएमा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको पछिल्लो परीक्षणबाट प्रमाणित भएको छ । फाइजरले प्रमाणिकरण भएपछि आगामी डिसेम्बर महिनाको अन्त्यसम्मा ५ करोड डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्