Logo
|
Wednesday 24th April 2024
Logo

epaper

अधिकांश क्यान्सर पहिचान नेपालमै




शरीरको कुनै भागमा गाँठागुँठी या चोट देखियो भने सबैभन्दा पहिला क्लिनिकल डायग्नोसिस् गर्नुपर्ने हुन्छ । त्यसका लागि वायोप्सी र एफएनएसी गरी दुई किसिमका पद्धति छन् । सुईबाट गाँठो वा शंका लागेको भागका कोषिकाहरु निकाल्नुलाई एफएनएसी भनिन्छ । शरीरमा फैलिने र नफैलने गरी ट्युमर विभिन्न किसिमका हुन्छन् । एफएनएसी विधिबाट क्यान्सर ट्यूमर पत्ता लगाइन्छ । शंका लागेको भागको मासुको टुक्रा जाँच गर्ने पद्धतिलाई वायोप्सी भनिन्छ । वयोप्सी र एफएनएसीबाट क्यान्सरको अवस्था पहिचान हुन्छ र सो अधारमा उपचार प्रक्रिया शुरु गर्नुपर्छ । सबै प्रकारका क्यान्सरमा शल्यक्रियानै आवश्यक पर्छ भन्ने हुँदैन । शल्यक्रियाको विकल्पमा केमोथेरापी र रेडियोथेरापी उपचार पद्धति पनि अपनाउन सकिन्छ । प्याथोलोजीकल टेष्टबाट क्यान्सरको प्रकार र सहि उपचार विधि अवलम्बन गर्न मद्धत पुग्छ । संसारमा क्यान्सर पहिचान गर्ने गोल्ड स्ट्यान्डर्ड उपाय भनेकै बायोप्सी हो ।

रगत जाँच र क्यान्सर
रगत जाँचबाट क्यान्सर भएनभएको शंका गर्न सकिन्छ । तर यकिन हुँदैन । ट्युमरले सर्टेन केमिकल रिलिज गर्नेभएकाले रगत जाँच गर्दा थाहा पाउन सकिन्छ । त्यस्ता केमिकलहरु क्यान्सर नभए पनि शरीरले निकालिरहेको हुन्छ । त्यसले हामीलाई झुक्याउने गर्छ । कतिखाले क्यान्सर यस्ता हुन्छन् जसले केमिकल रिलिज नै गर्दैनन् । अधिकांश मानिसहरु सबैखाले क्यान्सर एउटै हो भनेर बुझ्छन् । तर मेडिकल साइन्स एडभान्स भएसँगै लाखौँ किसिमका क्यान्सरहरु पत्ता लाग्ने गरेको छ । क्यान्सर लागेर कति व्यक्ति छिटै मर्न सक्छन् । कोहि क्यान्सर भएर पनि दशक भन्दा बढी बाँच्न सक्छन् । त्यो क्यान्सरको प्रकारमा भर पर्छ । कुन खालको क्यान्सर हो र कत्तिको छिटो सर्छ भनेर पत्ता लगाउन बायोप्सी गर्न आवश्यक हुन्छ । रगत जाँच गरेर क्यान्सरको अवस्था पत्ता लगाउन सकिदँैन । रगत जाँचबाट क्यान्सर उपचार प्रभावकारी भएनभएको हेर्न सकिन्छ । शरीरमा केमिकल घट्दै गयो भने केमोथेरापी र रेडियसनको राम्रो प्रभाव परेको जनाउँछ । कतिपय क्यान्सर अन्तिम अवस्थामा पुगेपछि मात्रै लक्षण देखिन्छ । त्यसकारण नियमित स्वास्थ्य जाँच गर्नुपर्छ । परिवारमा कसैलाई क्यान्सर भएको छ भने अनिवार्य क्यान्सर स्क्रिनिङ गराउनुपर्छ ।

नेपालमा सबै क्यान्सरहरुको पहिचान हुन्छ ?
नेपालमा सबै खाले क्यान्सर पहिचान हुन्छ । कत्ति झुक्याउने किसिमका क्यान्सर हुन्छन् । अत्याधुनिक उपकरण र केमिकल अभावका कारण पहिचान गर्न गह«ो हुनसक्छ । लाखौंमा एक दुइवटा केस मात्रै त्यस्तो भेटिन्छन् । त्यसका लागि स्पेसल जाँच गर्न देश बाहिर पठाउनुपर्छ । क्यान्सर भनेर थाहा त हुन्छ तर कुन किसिको क्यान्सर हो भनेर एकिन गर्न सकिदैँन । त्यसका लागि इम्युनोहिस्टोकेमेष्ट्री पनि भित्र्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्