Logo
|
Friday 26th April 2024
Logo

epaper

शल्यक्रिया गरेर निको पार्नसक्ने क्यान्सर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा क्यान्सरको अवस्था भयावह छ । अधिकांश मानिस क्यान्सर रोगबारे अनभिज्ञ छन् । धेरैले शरीरमा गाँठागुठी आउँदा पनि समान्य गाँठो मात्रै हो भनी हेलचेक्र्याइ गर्छन् । क्यान्सर लागेपछि मर्ने र आयु कम हुने त्रास छ । डरकै कारण रोग लुकाइन्छ । समयमा परीक्षण गराउँदैनन् र रोग जटिल अवस्थामा पुग्नसक्छ ।


पुर्वाञ्चलमा क्यान्सरको शल्यक्रिया सेवा शुरु भएको झण्डै तीन चार वर्ष भइसक्दा पनि बिरामीको उल्लेख्य उपस्थिति हुन सकेको छैन । तर पुर्वाञ्चल क्यान्सर अस्पतालको स्थापना भएदेखि क्यान्सर हाइलाइटमा आएको छ । लकडाउन अवधिमा एक सय भन्दा बढी स्तन क्यान्सरको सफल शल्यक्रिया सम्पन भए । आन्द्रा, प्याँङ्क्रियाजको क्यान्सर मिर्गौलाको ट्युमरको सफल शल्यक्रिया भएका छन् । अस्पतालप्रति विश्वास बढेको छ ।


क्यान्सर भएपछि क्यान्सर सेल शरीरका विभिन्न भागमा फैलिन सक्छन् । स्तन क्यान्सर फैलिएर काखीमुनि सम्म पुग्न सक्छ भने आन्द्राको क्यान्सर फैलिएर कलेजो वा पेट सम्म पुग्नसक्छ । यस्तो अवस्थालाई क्यान्सरको दोस्रो या तेस्रो स्टेज भन्न सकिन्छ । दोस्रो वा तेस्रो स्टेजमा पुग्दैमा क्यान्सरको उपचार नै नहुने भन्ने होइन ।

अहिले केमोथेरापी दिएर ट्युमरलाई डाउन स्टेजिङ गर्न सकिन्छ । यसले ट्युमरलाई गलाउँछ र अन्यत्र फैलिन दिदैँन । शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापीको राम्रो संयोजन (कम्बिनेसन) भएमा बिरामीको आयु लामो हुन्छ ।


क्यान्सर पुनः बल्झिन सक्छ ?
अनुवांशिक क्यान्सरमा केही गर्न सकिदैँन । ट्युमरको शल्यक्रिया गर्दा वरिपरिका नर्मल टिस्युलाई पनि निकाल्नुपर्छ । त्यसपछि सहि तरिकाले केमोथेरापी र रेडियोथेरापी दिइएमा ट्युमर बल्झिने सम्भावना निकै कम हुन्छ । त्यसैले रोग लुकाउनु हुँदैन ।

विश्वसनीय ठाउँ पहिचान गरी समयैमै रोग पत्ता लगाउनुपर्छ । क्यान्सर एडभान्स स्टेजमा पुगिसकेको छ भने घाउ हुन्छ । घाउलाई निको पार्न शल्यक्रिया गर्नुपर्छ । हामीले गर्ने सबैखाले शल्यक्रिया सफल नै हुन्छन् ।


कोलोन क्यान्सर, स्तनको ट्युमर, प्याँङ्क्रियाजको क्यान्सर र पाठेघरको मुखको क्यान्सर समयमै सही पहिचान गरी शल्यक्रिया भएमा निको पार्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्